सत्ता केन्द्रित हुँदा कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्यो : प्रचण्ड
अपराधी जुनसुकै बेला कानुनी दायरामा आउँछन् : महानिरीक्षक कार्की
दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपाप्रति भरोसा बढ्दै गए पनि आफ्नो पक्षमा अझैपनि सोचेजस्तो माहौल बन्न नसकेको बताएका छन् ।
नेकपा संघीय सम्पर्क समिति केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा मंगलबार पेरिसडाँडा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले नेकपा गठन भएपछि जनतामा बिस्तारै आशा र भरोसा बढ्दै गए पनि सामाजिक सञ्जालमा नयाँ भन्नेहरूजस्तो माहौल अझै पनि आफ्नो पक्षमा बन्न नसकेको बताएका हुन् । वर्तमान असहज, असाधारण परिस्थितिको निर्वाचनमा पहिलेको भन्दा अझ बढी सक्रिय र मेहनत गरेर निर्वाचन परिणामलाई सकारात्मक स्वरूप दिन अगाडि बढ्नुपर्ने उनले बताए ।
त्यस्तै प्रचण्डले राष्ट्रिय स्वाधीनता, समाजवादको आधार निर्माण, भ्रष्टाचार विरुद्धको सुशासन कायम गर्ने, आर्थिक विकास र समृद्धिका लागि नेकपालाई विजयी गराउन पर्नेमा जोड दिए ।उनले सिद्धान्त र राजनीतिक मुद्दाहरूका आधारमा नभई नयाँ भनेको पुरानाको विरोध गर्नु हो भन्ने भाष्य बनाउन खोजिएको तर्क गरे।
उनले एकताबद्ध भएर योजनाबद्ध ढंगले बाँकी रहेको समयमा मेहनत गरे नेकपा पहिलो पार्टी बन्ने सम्भावना रहेको धारणा राखे । उनले अहिले पार्टीभित्र बहस गर्नुभन्दा पार्टीसँग जोडिएर फिल्डमा खटिन निर्देशन समेत दिए ।
कार्यक्रममा एमालेमा आबद्ध विष्णु अधिकारी र जसपा परित्याग गरी अर्जुन चौलागाईं लगायतलाई नेकपामा प्रवेश गराइएको थियो ।