काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार

जनसंकेत डटकम 2026-02-10

रामेछाप । रामेछापस्थित तामाकोशी नदीमा यात्रुबाहक बस खस्दा ६ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुबाहक बस रामेछापको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको थियो ।

उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीका अनुसार घटनास्थलमै ६ जनाको मृत्यु भएको छ । जसमध्ये २ जना पुरुष र ४ महिलाको ज्यान गएको हो ।

अहिले पनि उद्धार कार्य भइरहेको हो । सशस्त्र प्रहरी बल (एपीएफ) गुल्म रामेछाप र विपद् व्यवस्थाप बेस खुर्कोटबाट आएको गोताखोरसहितको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको छ ।

१० जनाभन्दा बढी यात्रुलाई अस्पताल पठाइएको जनाइएको छ ।

Related Post

Advertisement