राजनीतिमा नीति–सिद्धान्त प्रधान कि लोकप्रियता ?
सहिदहरूको सम्झना
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
राणाकालदेखि जेनजी आन्दोलनसम्मका सहिदलाई श्रद्धाञ्जली दिँदै प्रचण्डले भने– सपना अधुरै छ
गृह मन्त्रालयबाट सुव्यवस्थित निर्वाचनसम्बन्धी अवधारणा जारी
कम्युनिष्ट एकताबाट ‘प्रचण्ड’ भागिरहेको ‘विप्लव’को आरोप
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
एकता बचत तथा ऋण सहकारी संस्थाको २५औँ साधारण सभा सम्पन्न
भक्तपुर । एकता बचत तथा ऋण सहकारी संस्था मध्यपुर थिमीको २५औँ वार्षिक साधारण सभा शेयर सदस्यहरुको उपस्थितीमा शनिबार सम्पन्न भएको छ । साधारण सभाको कार्यक्रम मिति २०८३ साल पुष २६ गते हवाइट पार्टी प्यालेस, कौशलटारमा आयोजना गरिएको थियो । सभामा संस्थाको वार्षिक प्रतिबेदन, आर्थिक विवरण तथा भावी कार्ययोजना माथि छलफल गरिएको थियो । साथै आगामी ४ बर्षका लागि नयाँ कार्यसमिति गठन, जेष्ठ सदस्य सम्मान र उत्कृष्ठ बचत तथा कर्जा तर्फका सदस्यहरु सम्मान गरिएको थियो ।
साधारण सभाका प्रमुख अतिथि संस्थाका पूर्व अध्यक्ष जगत बहादुर श्रेष्ठ रहनुभएको थियो । त्यसैगरि कार्यक्रमका अन्य अतिथिमा संस्थाका निवर्तमान अध्यक्ष उमानाथ लम्साल “उमेश”, निर्वाचन उपसमितीका संयोजक झम्क प्रसाद तिमल्सिना,सदस्य शिवहरि खनाल लगायत हुनुहुन्थ्यो । साधारण सभाको कार्यक्रम संस्थाका अध्यक्ष माधव प्रसाद ढकालको अध्यक्षतामा भएको थियो । साधारण सभाका प्रमुख अतिथि संस्थाका पूर्व अध्यक्ष जगत बहादुर श्रेष्ठले सहकारीलाइ पारदर्शी र सदस्यको विश्वासमा आधारित बनाएर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले एकता सहकारीको इतिहासलाइ स्मरण गर्दै संस्थाको कारोवार बिस्तार देखि भवन निर्माण सम्मको प्रशंसा गर्दै सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । अर्का अतिथि निवर्तमान अध्यक्ष उमानाथ लम्साल “उमेश” ले साधारण सभा सब्य एबम भब्य रुपमा सम्पन्न गराएकोमा धन्यबाद दिनुभयो । यद्यपी सहकारी प्रति सदस्यहरुको कमचासो रहने गरेकोमा भने चिन्ता ब्यक्त गर्नु भयो । उहाले सदस्य्हरुको आर्थिक गतिविधिलाई सस्थासंग जोडेर लाग्नुपर्ने बताउनु भयो । सहकारी क्षेत्रप्रति बढ्दो चुनौतीबीच संस्थागत सुशासननै दीर्घकालीन सफलताको आधार हुने धारणा व्यक्त गर्नुभयो । त्यसै गरि पूर्व अध्यक्ष ठमनाथ ढकालको पनि शुभकामना सन्देश बाचन गरिेयो । शेयर सदस्यको तर्फबाट शान्तप्रसाद तिमल्सिनाले साधारण सभाको सफलताको शुभकामना दिनुभयो । उहाले सहकारी क्षेत्र संक्रमणकालिन अबस्थाबाट गुज्रिरहेको अबस्थामा पनि एकता साकोसको धेरै आलोचनाका बिषयहरु नभएको मंन्तब्य दिनुभयो । आगामी कार्यकालको लागि सक्षम संचालक समिति चयन होस भन्ने कामना पनि गर्नु भयो ।
साधारण सभामा अध्यक्ष माधव प्रसाद ढकालले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नभयो । संस्थामा २०८२ आषाढ मसान्त सम्म जम्मा १४५७ शेयर सदस्य रहेको, संस्थाको शेयर पुजी ४६०३६१००, निक्षेप तर्फ २६४१०२९७८ र ऋण लगानी ३२९४४२१०६ रहेको जानकारी दिनुभयो । यसैगरि लक्ष्मीलाल श्रेष्ठले सस्थाको कोषाध्यक्षको तर्फबाट प्रतिबेदन पेश गर्नुभयो । उहाले २०८२ आषाढ मसान्त सम्म संस्थाको कुल कोरोबार ३९४५१०९९६ रहेको र संस्थाको यो बर्षको नाफा ३१४०५२१ रहेको जानकारी गराउनु भयो । संस्थाको लेखा सुपरिबेक्षण समितिकी संयोजक सम्झना देवी रेग्मी पन्तले पनि प्रतिबेदन पेश गनुभएको थियो । साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन तथा आगामी कार्ययोजना सर्वसम्मत रूपमा पारित गरिएको आयोजकले जनाएका छन । कार्यक्रमको संचालन संस्थाका सचिव लयप्रसाद भट्टराईले गर्नुभएको थियो ।
संचालक समितिले आगामी कार्यकालको लागि नया कार्यसमिति निर्वाचित गर्नका लागि झम्कप्रसाद तिमल्सिना संयोजक, शिबहरि खनाल र युबराज श्रेष्ठ सदस्य रहने गरि निर्वाचन उपसमिति गठन गरेको थियो । निर्वाचन समितीले माधव प्रसाद ढकालको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्बसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षमा लयप्रसाद भट्टराई ,सचिब लक्ष्मीलाल श्रेष्ठ, कोषाध्यक्ष राजकुमार श्रेष्ठ,सदस्यहरुमा रेणु शर्मा पनेरु, जान्नवी कुमारी खनाल, बलदेव गौतम,सम्झना देवी रेग्मी पन्त र सुदर्शन प्रसाद उपाध्याय रहेका छन । त्यसैगरि शिव प्रसाद उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि निर्वाचित गरेको छ । सदस्यहरुमा सविता श्रेष्ठ र तोर्ण बहादुर श्रेष्ठ छन । नवनिर्वाचित संचालक समितिलाइ निर्वतमान उपाध्यक्ष जानुका देवी भट्टराइले बधाई तथा शुभकामना दिनुभयो । संस्थाका नवनिर्वाचित अध्यक्षले प्रतिबद्धता मन्तब्य राख्नुभयो । निर्वाचन कार्यक्रमको संचालन समिति सदस्य शिबहरि खनालले गर्नुभएको थियो ।
साधारण सभामा सहभागी सदस्यहरुले सहकारीलाई सदस्य केन्द्रित, जिम्मेवार र सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । २५ वर्षको यात्रा पूरा गरेको अवसरमा संस्थाले समुदायस्तरमा वित्तीय पहुँच विस्तार र आत्मनिर्भरता प्रवद्र्धनमा खेलेको भूमिकाको समेत समीक्षा र प्रशंसा गरिएको थियो ।