नयाँ राजनीतिक समिकरण र यसका सम्भावित प्रभाव
सरकार र जेन–जी बिचको सम्झौताको अन्तर्य
नेपालमा कृषिको ब्यबसायिकरणका चुनौतिहरु
एमाले महाधिवेशनको सन्देशः नयाँ ऊर्जा कि पुरानै ढाँचा ?
माजोङको चमक पाँचौं पटक दिल्लीमा : नेपाली क्यासिनोको अन्तर्राष्ट्रिय पहिचान
तिहारमा उपत्यकामा ६,१०६ प्रहरी परिचालन : Dog Sniffing सहितको विशेष सुरक्षा योजना लागू
चाँगुनारायण मन्दिर
कांग्रेसले कार्यवाहक नदिने, विशेष महाधिवेशन पनि नगर्ने
शिबहरि खनाल
भूमिका
जेन–जी (सन् १९९७ देखी २०१२ सम्म जन्मिएका पुस्ता) ले २०८२ भदौ २३ र २४ गते नेपालको इतिहासमा अभुतपुर्ब आन्दोलन गर्यो ,जसले दुई तिहाइको कांग्रेस एमालेको सरकार मात्रै गिरायन, शासक र प्रमुख दलका नेताहरु ज्यान जोगाउन भाग्नु पर्ने परिस्थिती सिर्जना भयो । देशमा ब्याप्त भ्रट्राचार, सुशासन र विधिको शासनको अभाव , चरम बेरोजगारी, बर्गीय विभेद यसको जग बन्यो । नेता र कर्मचारीका सन्तानहरुको विलाशी जिबनशैली र नाताबाद हाबी हुदा अन्यले अवसर बाट हुनु परेको बन्चिती अर्को कारण बन्यो । मुलतः विद्रोहको जग माथि उल्लेखित बिषय भएता पनि तत्कालिन सरकारले सामाजिक संजालहरुमा लगाएको प्रतिबन्ध आन्दोलनको झिल्को बन्यो र जनधनको क्षती हुने गरि भएंकर आन्दोलन भयो ।
यहि मंसिर २४ गते जेन–जी र नेपाल सरकारका बीच १० बुदें सम्झौता भएको छ । नेपालको सन्र्दभमा जेन–जी लाइ संख्यात्मक रूपमा ठूलो, डिजिटल रूपमा सक्षम र सामाजिक–राजनीतिक रूपमा सचेत समूह मानिन्छ । यो सम्झौताले सो आन्दोलनलाइ जनआन्दोलनको मान्यता दिएको छ । सरकार र जेन–जी बीचको यो सम्झांंंैताले नीतिगत र प्रक्रियागत सुधार गरि भ्रट्राचारमुक्त, पारदर्शी , जवाफदेही, चुस्त, मितव्ययी, समाबेशी र प्रभााकारी राज्य संचालनमा योगदान पु–र्याउने छ । यो सम्झौता केवल तत्कालीन आन्दोलनको समाधान मात्र नभई दीर्घकालीन सुशासन, न्याय, समावेशिता र लोकतान्त्रिक सुधारको बृहत खाका हो ।
सरकार र जेन–जी सम्झौताले समेटेका मुख्य मुख्य बुँदाहरू ः—
शहीद र घाइतेको त्याग र बलिदानको सम्मान ः जेन–जी आन्दोलनमा सहादत प्राप्त व्यक्तिलाई शहीद घोषणा गर्ने साथै शहीद परिवार र घाइतेलाई राहत, क्षतिपूर्ति, निःशुल्क उपचारको व्यबस्था । सदाचार, सुशासन, भ्रष्टाचार निवारण र दण्डहीनता अन्त्यका लागि स्थायी आयोग गठन ।
भाद्र २३–२४ का घटनाको अनुसन्धान , अभियोजन र पुनरावृत्ति रोकथाम ः अत्यधिक बल प्रयोग, गैरन्यायिक हत्या लगायत मानव अधिकार उल्लङ्घनको निष्पक्ष छानबिन । भविष्यमा दमन नहोस् भनी सुरक्षा निकाय र कानुन सुधार ।
राजनीतिक तथा नीतिगत भ्रष्टाचारको अन्त्य ः राजनीतिक, नीतिगत र संस्थागत भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग गठन । सार्वजनिक पदाधारीको सम्पत्ति छानबिन र अकुत सम्पत्तिमाथि कारबाही । दलीय भागबण्डा र सार्वजनिक संस्थाको दलीयकरण अन्त्य, गैरकानुनी प्रतिष्ठान÷ट्रष्ट खारेज गरी सम्पत्ति राष्ट्रियकरण ।
स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन ः अस्थायी बसोबास गर्ने नागरिक र प्रवासी नेपालीको मताधिकार । नो भोटको ब्यबस्था । उम्मेदवार र दलको खर्च तथा सम्पत्ति पारदर्शिता ।
नेपालको संविधानमा गर्नु पर्ने सुधार ः संविधानका आधारभूत मूल्य मान्यता जोगाउँदै स्वतन्त्र बिज्ञ, जेन– जी र सरोकारवाला संलग्न संबिधान संसोधन सुझाव आयोग गठन । संिघयता, सुशासन, भ्रष्टाचार नियन्त्रण, समावेशिता र युवा सहभागिता ।
राजनीतिक दलसंग सम्बन्धित ः आन्तरिक लोकतन्त्र, पूर्ण समानुपातिक र समावेशिता । सबै संयन्त्रमा महिला, दलित, आदिवासी, मधेसी, अल्पसंख्यक, अपाङ्गता भएका, सीमान्तकृत, किसान, श्रमिक, युवा लगायतको अर्थपूर्ण प्रतिनिधित्व ।
पारदर्शिता र जवाफदेहिता ः सरकारी निर्णय, खर्च र कार्यमा पूर्ण पारदर्शिता । सार्वजनिक नियुक्तिमा नातावाद र कृपावादको अन्त्य ।
अभिव्यक्ति र डिजिटल स्वतन्त्रता ः इन्टरनेट र डिजिटल माध्यममा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण ।
जेन–जी परिषद् गठन ः सुशासन, विकास र समृद्धिका लागि सरकारलाई सल्लाह, खबरदारी र सहयोग गर्न जेन–जी परिषद् गठन ।

लेखक
सम्झौताका चिरफार
जेन–जी र सरकार बिचको सम्झौताले जेन–जी आन्दोलनको पहिचान भएको छ । राजनीतिक दल र तिनका नेताहरुलाइ यसले नैतिक मूल्य र मान्यता सिकाउन बल पुर्याएको देखिन्छ । द हरुमा युवाको सहभागिताले प्रशय पाउने देखिन्छ । यस अर्थमा यो १० बुदे सम्झौतालाइ महत्वपुर्ण र अर्थपूर्ण मान्नु पर्दछ । यसको सार्थकता लागि सबै पक्ष जिम्मेवार हुन जरुरि छ । सम्झौता पछि वर्तमान प्रधानमन्त्रिले यो सम्झौता जेन–जी युवाहरु को योगदान र बलिदानलाइ इतिहासमा अभिलिखित गर्न कोशे ढुंगा हुने धारण राख्नु भयो र कार्यान्वायनमा तत्परता देखाउनुले यसको औचित्यता पुस्टि गर्दछ । सम्झौता ले जेन जी आन्दोलनकारी हरुको मनमा रहेको डरको सम्बोधन गरको छ । सम्झांैतामा संलग्न जेन –जी युवाहरु कार्यान्वयनमा हुनेमा सकारात्मक रहेका छन र उनिहरुले यसलाई युवा पुस्ताको लडाईको जितको रुपमा चित्रित गरेका छन । यो सम्झौता कार्यान्वयन भयन भने आन्दोलनको औचित्य समाप्त हुन्छ ।
बिभिन्न राजनीतिक दलका नेताहरुले यो सम्झौता बारे टिका टिप्पणी गरेका छन । ने. क .पा. एमालेका अध्यक्ष ओलीले यसलाई ”कला बिनाको नाटक” को संज्ञा दिएका छन । उनले यसको बैधानिक हैसियत माथि प्रस्न उठाउदै यसलाई अस्वीकार गरेका छन । नेपाली काग्रेसका प्रबक्ता राम शरण महतले जेन– जी आन्दोलनमा भएका बिधंम्सलाइ जनआन्दोलनका रुपमा मान्न नसकिने जिकिर गरेको र सम्झौताको बिरोध गरेका छन । नेपाली कम्य्निष्ट पार्टी का नेता अग्नि सापकोटाले चुनाव गराउन सरकारले सन्तुलन बनाई राख्नका लागि यो सम्झौता गरेको ठिकै भए पनि यसको बैधानिकता माथि भने प्रस्न खडा गरेका छन । जेन– जी समूहका केहिले यो सम्झौतामा रास्ट्रपतिको पनि हस्ताक्षर हुनुपर्ने जिकिर गरेका छन भने केहिले सम्झांैता हुदाकै बखत असहमति जनाउदै प्रधानमन्त्रिकै अघि च्यातेर बिरोध पनि गरेको देखियो । राजनीतिक दलको अनुपस्थितिमा भएको सम्झौता कार्यान्वयनमा चुनौती देखिन्छ । भोलि निर्वाचनबाट गठन हुने सरकारलाई यसको कार्यान्वयनको सबंैधानिक र कानुनी बाध्यता नहुने चर्चा पनि चल्न थालेको छ । कार्यान्वयनको लागि निश्चित समय सिमा नतोकिनु , दल बिनाको संबिधान संशोधन सुझाव आयोग गठन गर्ने निर्णय र सम्झौताको बैधानिकता माथिको प्रश्नले यसकोें कार्यान्वयनमा थप चुनौती खडा गरेको छ । यद्दपि पूर्व न्यायाधीश बलराम के सी ले सम्झौताको कानुनी हैसियत बलियो र प्रयाप्त रहेको जिकिर गरेका छन ।
निष्कर्ष
सरकार र जेन–जी बीच सम्पन्न १० बुँदे सम्झौता नेपालको राजनीतिक इतिहासमा युवाको संगठित चेतना, प्रतिरोध र सुधारको आकांक्षाको महत्वपूर्ण दस्तावेज हो, जसले आन्दोलनलाई जनआन्दोलनको मान्यता दिँदै सुशासन, न्याय, समावेशिता र लोकतान्त्रिक सुधारतर्फ राज्यलाई उन्मुख गराएको छ । यद्यपि यसको वैधानिकता, राजनीतिक दलहरूको असहमति, कार्यान्वयनको समयसीमा नतोकिनु र भावी सरकारलाई बाध्यकारी नहुन सक्ने आशंकाले चुनौतीहरू देखिएका पनि छन । शहीदको सम्मान, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता ,निर्वाचन सुधार र युवा सहभागिताका एजेन्डाले यस सम्झौतालाई अर्थपूर्ण बनाएको छ । अन्ततः यसको वास्तविक मूल्याङ्कन घोषणामा होइन, इमानदार र प्रभावकारी कार्यान्वयनमा निर्भर रहनेछ । कार्यान्वयन सफल भए यो जेन–जी पुस्ताको सबै क्षेत्रलाइ भ्रष्टाचार मुक्त, पारदर्शि, जवाफदेहि , चुस्त , मितब्ययी, समाबेशी, प्रभावकारी र स्वार्थको दन्द्ध रहित बनाउने ऐतिहासिक लक्ष्य प्राप्त हुनेछ, नत्र यसले आन्दोलनको औचित्यमाथि नै प्रश्न खडा गर्नेछ ।
.