माजोङको चमक पाँचौं पटक दिल्लीमा : नेपाली क्यासिनोको अन्तर्राष्ट्रिय पहिचान
तिहारमा उपत्यकामा ६,१०६ प्रहरी परिचालन : Dog Sniffing सहितको विशेष सुरक्षा योजना लागू
चाँगुनारायण मन्दिर
कांग्रेसले कार्यवाहक नदिने, विशेष महाधिवेशन पनि नगर्ने
जेनजी आन्दोलनका क्रममा देशभर २ हजार ७९ वटा भवनमा आगजनी, ५१९ वटा पूर्ण रूपमा जलेर ध्वस्त
एकीकृत समाजवादीको माग– भारतसँगको १९५० को सन्धि खारेज, मिचिएको भूमि फिर्ता
घाम अस्ताएपछि भारतबाट विद्युत् नआउने– उद्योग मात्र होइन, घर-घरमा पनि लोडसेडिङको जोखिम
छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा
काठमाडौं । काठमाडौंको सोल्टी होटल परिसरमा अवस्थित क्यासिनो माजोङले फेरि एकपटक आफ्नो सफलताको झण्डा फहराएको छ। दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित हस्पिटालिटी सम्मान ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड यसपालि पनि माजोङकै पोल्टामा परेको छ। यो अवार्ड माजोङले लगातार पाँचौँ पटक जितेको हो— जुन उपलब्धि नेपाली क्यासिनो इतिहासमै दुर्लभ मानिन्छ।
गत शुक्रबार राति भारतको नयाँदिल्लीस्थित ‘होटल दि अशोक’मा आयोजित २० औं टुरिजम, ट्राभल एन्ड हस्पिटालिटी अवार्ड कार्यक्रममा माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठलाई भारतका संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्रसिंह शेखावतले अवार्ड हस्तान्तरण गरे। विनोद श्रेष्ठको अनुहारमा त्यस क्षण आत्मसन्तुष्टि मात्र थिएन, त्यसमा २७ वर्षको अनुभव, लगानी र पर्यटनप्रतिको समर्पण पनि झल्किएको थियो।
श्रेष्ठले नेपाली पर्यटन उद्योगमा आफ्नो जीवनको तीन दशक अर्पण गरिसकेका छन्। होटल, रिजोर्ट, ट्राभल र क्यासिनो क्षेत्रमा उनी एक स्थापित नाम हुन्। क्यासिनो माजोङको सफलतामा उनको रणनीतिक सोच र अन्तर्राष्ट्रिय स्तरको सेवा–गुणस्तरप्रतिको प्रतिबद्धता मुख्य कारणका रूपमा देखिन्छ। यही कारणले गर्दा माजोङले हरेक वर्ष हजारौं विदेशी पर्यटक नेपाल तानेको छ, जसले देशको पर्यटन आम्दानीमा उल्लेखनीय योगदान पुर्याएको छ।
यही कार्यक्रममार्फत माजोङ नेपालगञ्जले पनि ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्ड जितेको छ। यस अवार्डले राजधानीबाहिरका पर्यटक–केन्द्रित सहरहरूमा पनि मनोरञ्जन पर्यटनको सम्भावना बलियो रहेको सन्देश दिएको छ। नेपालगञ्ज शाखाका महाप्रबन्धक निरजकुमार प्रधानले लगातार दोस्रो वर्ष ‘बेस्ट क्यासिनो जनरल म्यानेजर इन साउथ एसिया’ अवार्ड हात पारेका छन्— जसले माजोङ टिमको व्यावसायिक दक्षताको प्रमाण दिन्छ।
‘हस्पिटालिटी इन्डिया पब्लिकेसन्स ग्रुप’द्वारा आयोजना हुने यो पुरस्कार कार्यक्रम दक्षिण एसियाको पर्यटन, होटल र मनोरञ्जन उद्योगका उत्कृष्ट संस्थालाई सम्मानित गर्ने माध्यम हो। छानबिन समितिले क्यासिनोको सेवा स्तर, पर्यटक सन्तुष्टि, आर्थिक कारोबार, र अन्तर्राष्ट्रिय क्रेजजस्ता मापदण्डमा आधारित मूल्यांकन गर्छ।
नेपालका लागि यो अवार्ड केवल क्यासिनो माजोङको सफलता मात्र होइन, सम्पूर्ण नेपाली पर्यटन क्षेत्रको गौरव हो । यसले देखाउँछ- जब दृष्टि, लगानी र सेवा एकसाथ मिल्छन्, तब नेपालजस्तो सानो बजार पनि दक्षिण एसियाको प्रतिस्पर्धी भिजनमा उत्कृष्ट बन्न सक्छ।
