दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने
काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार
काठमाडौं । काठमाडौंको सोल्टी होटल परिसरमा अवस्थित क्यासिनो माजोङले फेरि एकपटक आफ्नो सफलताको झण्डा फहराएको छ। दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित हस्पिटालिटी सम्मान ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड यसपालि पनि माजोङकै पोल्टामा परेको छ। यो अवार्ड माजोङले लगातार पाँचौँ पटक जितेको हो— जुन उपलब्धि नेपाली क्यासिनो इतिहासमै दुर्लभ मानिन्छ।
गत शुक्रबार राति भारतको नयाँदिल्लीस्थित ‘होटल दि अशोक’मा आयोजित २० औं टुरिजम, ट्राभल एन्ड हस्पिटालिटी अवार्ड कार्यक्रममा माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठलाई भारतका संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्रसिंह शेखावतले अवार्ड हस्तान्तरण गरे। विनोद श्रेष्ठको अनुहारमा त्यस क्षण आत्मसन्तुष्टि मात्र थिएन, त्यसमा २७ वर्षको अनुभव, लगानी र पर्यटनप्रतिको समर्पण पनि झल्किएको थियो।
श्रेष्ठले नेपाली पर्यटन उद्योगमा आफ्नो जीवनको तीन दशक अर्पण गरिसकेका छन्। होटल, रिजोर्ट, ट्राभल र क्यासिनो क्षेत्रमा उनी एक स्थापित नाम हुन्। क्यासिनो माजोङको सफलतामा उनको रणनीतिक सोच र अन्तर्राष्ट्रिय स्तरको सेवा–गुणस्तरप्रतिको प्रतिबद्धता मुख्य कारणका रूपमा देखिन्छ। यही कारणले गर्दा माजोङले हरेक वर्ष हजारौं विदेशी पर्यटक नेपाल तानेको छ, जसले देशको पर्यटन आम्दानीमा उल्लेखनीय योगदान पुर्याएको छ।
यही कार्यक्रममार्फत माजोङ नेपालगञ्जले पनि ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्ड जितेको छ। यस अवार्डले राजधानीबाहिरका पर्यटक–केन्द्रित सहरहरूमा पनि मनोरञ्जन पर्यटनको सम्भावना बलियो रहेको सन्देश दिएको छ। नेपालगञ्ज शाखाका महाप्रबन्धक निरजकुमार प्रधानले लगातार दोस्रो वर्ष ‘बेस्ट क्यासिनो जनरल म्यानेजर इन साउथ एसिया’ अवार्ड हात पारेका छन्— जसले माजोङ टिमको व्यावसायिक दक्षताको प्रमाण दिन्छ।
‘हस्पिटालिटी इन्डिया पब्लिकेसन्स ग्रुप’द्वारा आयोजना हुने यो पुरस्कार कार्यक्रम दक्षिण एसियाको पर्यटन, होटल र मनोरञ्जन उद्योगका उत्कृष्ट संस्थालाई सम्मानित गर्ने माध्यम हो। छानबिन समितिले क्यासिनोको सेवा स्तर, पर्यटक सन्तुष्टि, आर्थिक कारोबार, र अन्तर्राष्ट्रिय क्रेजजस्ता मापदण्डमा आधारित मूल्यांकन गर्छ।
नेपालका लागि यो अवार्ड केवल क्यासिनो माजोङको सफलता मात्र होइन, सम्पूर्ण नेपाली पर्यटन क्षेत्रको गौरव हो । यसले देखाउँछ- जब दृष्टि, लगानी र सेवा एकसाथ मिल्छन्, तब नेपालजस्तो सानो बजार पनि दक्षिण एसियाको प्रतिस्पर्धी भिजनमा उत्कृष्ट बन्न सक्छ।
