नयाँ राजनीतिक समिकरण र यसका सम्भावित प्रभाव
सरकार र जेन–जी बिचको सम्झौताको अन्तर्य
नेपालमा कृषिको ब्यबसायिकरणका चुनौतिहरु
एमाले महाधिवेशनको सन्देशः नयाँ ऊर्जा कि पुरानै ढाँचा ?
माजोङको चमक पाँचौं पटक दिल्लीमा : नेपाली क्यासिनोको अन्तर्राष्ट्रिय पहिचान
तिहारमा उपत्यकामा ६,१०६ प्रहरी परिचालन : Dog Sniffing सहितको विशेष सुरक्षा योजना लागू
चाँगुनारायण मन्दिर
कांग्रेसले कार्यवाहक नदिने, विशेष महाधिवेशन पनि नगर्ने
काठमाडौँ । नेपाली कांग्रेसले तत्काल कुनै पनि नेतालाई कार्यवाहक सभापतिको जिम्मेवारी नदिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकपछि सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिँदै विशेष महाधिवेशन बोलाउनेबारे पनि कुनै निर्णय नभएको स्पष्ट पारे ।
उनका अनुसार सभापति शेरबहादुर देउवा पूर्ण रूपमा स्वस्थ भएपछि मात्र केन्द्रीय समिति बैठक बोलाइने र त्यही बैठकमा पार्टीभित्रका महत्वपूर्ण विषयमा छलफल हुने छ । यादवले भने, “तत्काललाई कसैलाई पनि कार्यवाहक सभापतिको जिम्मेवारी नदिने र पार्टीको विशेष महाधिवेशन पनि नबोलाउने निर्णय कार्यसम्पादन समितिले गरेको छ ।”
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमै कुटिएका देउवा हाल उपचाररत छन् । पार्टीले देउवा दम्पतीको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि गरेको छ ।
केन्द्रीय समिति बैठक आगामी दसैँ–तिहार पर्व सकिएपछि बोलाउने निर्णय गरिएको सहमहामन्त्री यादवले बताए ।