दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने
काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार
काठमाडौँ । नेपाली कांग्रेसले तत्काल कुनै पनि नेतालाई कार्यवाहक सभापतिको जिम्मेवारी नदिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकपछि सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिँदै विशेष महाधिवेशन बोलाउनेबारे पनि कुनै निर्णय नभएको स्पष्ट पारे ।
उनका अनुसार सभापति शेरबहादुर देउवा पूर्ण रूपमा स्वस्थ भएपछि मात्र केन्द्रीय समिति बैठक बोलाइने र त्यही बैठकमा पार्टीभित्रका महत्वपूर्ण विषयमा छलफल हुने छ । यादवले भने, “तत्काललाई कसैलाई पनि कार्यवाहक सभापतिको जिम्मेवारी नदिने र पार्टीको विशेष महाधिवेशन पनि नबोलाउने निर्णय कार्यसम्पादन समितिले गरेको छ ।”
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमै कुटिएका देउवा हाल उपचाररत छन् । पार्टीले देउवा दम्पतीको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि गरेको छ ।
केन्द्रीय समिति बैठक आगामी दसैँ–तिहार पर्व सकिएपछि बोलाउने निर्णय गरिएको सहमहामन्त्री यादवले बताए ।