दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने
काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार
काठमाडौं — जेनजी आन्दोलनका क्रममा देशभर आगजनीका घटनाबाट २ हजार ७९ वटा सरकारी, आवासीय तथा व्यापारिक भवनहरूमा क्षति पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार तीमध्ये ५१९ वटा भवन पूर्ण रूपमा जलेर ध्वस्त भएका छन् भने १ हजार ५६० भवनमा आंशिक क्षति पुगेको छ।
प्रहरी मातहतका १९७ वटा कार्यालय पूर्ण रूपमा जलेका छन् भने २५८ वटा कार्यालय आंशिक रूपमा क्षतिग्रस्त छन्। साथै २१० वटा सरकारी भवन पूर्ण रूपमा नष्ट भएका छन् भने ८३६ वटा भवनमा आंशिक क्षति पुगेको छ। त्यसैगरी, ४५ वटा पार्टी कार्यालय पूर्ण रूपमा जलेका छन् र १७४ वटा कार्यालयमा आंशिक क्षति भएको छ।
आवासीय तथा व्यापारिक क्षेत्रमा समेत ठूलो क्षति भएको छ। कुल ९७ वटा आवासीय तथा व्यापारिक भवन पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने २९२ भवनमा आंशिक क्षति पुगेको जनाइएको छ ।