नयाँ राजनीतिक समिकरण र यसका सम्भावित प्रभाव
सरकार र जेन–जी बिचको सम्झौताको अन्तर्य
नेपालमा कृषिको ब्यबसायिकरणका चुनौतिहरु
एमाले महाधिवेशनको सन्देशः नयाँ ऊर्जा कि पुरानै ढाँचा ?
माजोङको चमक पाँचौं पटक दिल्लीमा : नेपाली क्यासिनोको अन्तर्राष्ट्रिय पहिचान
तिहारमा उपत्यकामा ६,१०६ प्रहरी परिचालन : Dog Sniffing सहितको विशेष सुरक्षा योजना लागू
चाँगुनारायण मन्दिर
कांग्रेसले कार्यवाहक नदिने, विशेष महाधिवेशन पनि नगर्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले भारतसँगको सन् १९५० को 'शान्ति तथा मैत्री सन्धि' खारेज गर्न माग गरेको छ । एकीकृत समाजवादीले शुक्रबार सरकारविरुद्ध ‘रोजगारी र सुशासनका लागि आन्दोलन’को घोषणा गर्दै भारतसँगको सन् १९५० को सन्धि खारेजको प्रस्ताव गरेको हो ।
“हाम्रो भूराजनीति र अहिलेको विश्व राजनीतिका अन्तरविरोधहरूले गर्दा विदेश नीतिमा हामीले विशेष ध्यान दिनुपर्छ,” एकीकृत समाजवादीले भनेको छ, “एकातिर सन् १९५० लगायत असमान सन्धि–सम्झौताहरू खारेज गर्नुपर्नेछ, कालापानी–लिपुलेकसमेत मिचिएको भूमि फिर्ता गरेर देशको सिमानाको रक्षा गर्दै आजको शीतयुद्धउन्मुख अन्तर्राष्ट्रिय परिस्थितिमा हाम्रो स्वाधिनता, स्वतन्त्रता तथा सार्वभौमिकताको रक्षा गर्नुपर्नेछ ।”
संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्त, संविधानअनुसार असंलग्नतामा आधारित समानता तथा आपसी हितका आधारमा विदेश नीतिको प्रभावकारी कार्यान्वयन गर्दै सबैसँग असल सम्बन्ध राख्नुपर्ने प्रस्ताव एकीकृत समाजवादीको छ ।
“राष्ट्रिय पुँजीको विकास गर्ने हाम्रो आवश्यकता अनुकूल आर्थिक कूटनीतिलाई जोड दिनुपर्छ । अन्तर्राष्ट्रिय जगत्मा शान्ति प्रिय राष्ट्रका रूपमा पहिचान स्थापित गर्न असंलग्न सिद्धान्तका आधारमा कानूनी व्यवस्था गरी राज्यलाई निर्देशित गर्नुपर्छ,” एकीकृत समाजवादीले आन्दोलनको प्रस्तावमा भनेको छ ।