दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने
काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत संस्कार गुरूकूलको आयोजनामा सम्पन्न एकल गायन प्रतियोगिताको आधारभूत तहमा ईडेन गार्डेन स्कुलका श्रीजय महत प्रथम र माध्यमिक तहमा पनि ईडेन गार्डेनकी सुप्रिया प्रधान प्रथम भएका छन् !
नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयहरु बीचमा प्रतिस्पर्धा भएको उक्त एकल गायन प्रतियोगिताको आधारभूत तहको द्धितीय स्थान मदरल्याण्ड स्कुलको सविन गुइदे, तृतीय स्थान ऋतम्भरा स्कुलकी साकिरा लामा र सान्त्वना स्थान रुबी भ्यालीकी एन्जल मोक्तान हुन सफल भएका छन् !
त्यसै गरी माध्यमिक तहको द्धितीय स्थानमा विमल मेमोरियल विद्यापीठकी अनु वाडे, तृतीय स्थानमा रूबी भ्यालीको यूजेन लामा र सान्त्वना स्थानमा पारीजात विद्याकुन्जको असिम थापा विजेता भएका छन् !
एकल गायन प्रतियोगिताको निर्णायक मण्डलमा मित्र केसी, कृष्णराम खत्री र गोपाल पहाडी रहेका थिए !
कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले आफ्ना सदस्य विद्यालयमा अध्ययनरत हरेक तहका विद्यार्थीहरुमा निहित प्रतिभा प्रस्फुटनका लागि विविध कार्यक्रम गर्दै आएको र यस्ता प्रतियोगितात्मक कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेकोमा सदस्य विद्यालयलाई संस्थाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो ! साथै प्रमुख अतिथि खड्काले विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो !
आयोजक विद्यालय संस्कार गुरूकूलका संस्थापक प्रिन्सिपल अमन हितागंले आफ्नो विद्यालयलाई नेसनल प्याव्सन भक्तपुरले कार्यक्रम आयोजना गर्ने जिम्मा दिएकोमा संस्था प्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि विद्यार्थीहरुको प्रतिभा बाहिर ल्याउनका लागि सदैव अग्रसर रहने बताउनु भयो ।