माजोङको चमक पाँचौं पटक दिल्लीमा : नेपाली क्यासिनोको अन्तर्राष्ट्रिय पहिचान
तिहारमा उपत्यकामा ६,१०६ प्रहरी परिचालन : Dog Sniffing सहितको विशेष सुरक्षा योजना लागू
चाँगुनारायण मन्दिर
कांग्रेसले कार्यवाहक नदिने, विशेष महाधिवेशन पनि नगर्ने
जेनजी आन्दोलनका क्रममा देशभर २ हजार ७९ वटा भवनमा आगजनी, ५१९ वटा पूर्ण रूपमा जलेर ध्वस्त
एकीकृत समाजवादीको माग– भारतसँगको १९५० को सन्धि खारेज, मिचिएको भूमि फिर्ता
घाम अस्ताएपछि भारतबाट विद्युत् नआउने– उद्योग मात्र होइन, घर-घरमा पनि लोडसेडिङको जोखिम
छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा
रामेछाप, १ फाल्गुण । रामेछाप जिल्ला स्तरीय १२ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ ।मन्थली नगरपालिकाको व्यवस्थापन र जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सदरमुकाम मन्थलीमा बुधबार सम्पन्न भएको खेलमा मन्थली नगरपालिकाले २२ स्वर्णपदक जित्दै उपाधि जितेको हो । तीन दिनसम्म सञ्चालित प्रतियोगितामा मन्थलीले २३ रजत र ३२ कांस्य पदक पनि जितेको छ । मन्थलीले कूल ७७ पदक हात पारेको छ ।
प्रतियोगितामा उमाकुण्ड गाउँपालिका दोस्रो भएको छ । उमाकुण्डले २१ स्वर्ण, १२ रजत र ११ कांस्य गरी ४४ पदक जितेको छ ।
यसैगरी प्रतियोगितामा जिल्लाका लिखु तामाकोसी गाउँपालिका तेस्रो भएको छ । लिखु तामाकोसीले ८ स्वर्ण ६ रजत र १२ कांस्य सहित २६ पदक जितेको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीका अनुसार प्रतियोगितामा ६ स्वर्ण, ९ रजत र १८ कांस्य गरी कूल ३३ वटा पदक जित्दै दोरम्बा शैलुङ गाउँपालिका चौथो भएको छ । प्रतियोगितामा रामेछाप नगरपालिकाले ५ स्वर्ण, ९ रजत र १८ कांस्य गरी कूल ३२ पदक जितेको छ । खाँडादेवी गाउँपालिकाले २ स्वर्ण, ४ रजत र ३ कांस्य गरी ९ वटा पदक जितेको छ । सुनापति गाउँपालिकाले १ स्वर्ण ४ रजत र ३ कांस्य गरी ८ वटा पदक जितेको छ । त्यस्तै गोकुलगंगा गाउँपालिकाले १ स्वर्ण ४ रजत र १ कांस्य गरी ६ वटा पदक जितेको छ ।
प्रतियोगितामा पहिलो हुनेले नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा समान ६६ वटा स्वर्ण, रजत र कांस्य पदक राखिएको थियो । जसमा भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो, उसु, कराँते लगायतका खेल समावेश गरिएको थियो ।
प्रतियोगितामा जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिकाबाट ७ सय ३९ जना खेलाडी सहभागी थिए ।