दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने
काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार
रामेछाप, १ फाल्गुण । रामेछाप जिल्ला स्तरीय १२ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ ।मन्थली नगरपालिकाको व्यवस्थापन र जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सदरमुकाम मन्थलीमा बुधबार सम्पन्न भएको खेलमा मन्थली नगरपालिकाले २२ स्वर्णपदक जित्दै उपाधि जितेको हो । तीन दिनसम्म सञ्चालित प्रतियोगितामा मन्थलीले २३ रजत र ३२ कांस्य पदक पनि जितेको छ । मन्थलीले कूल ७७ पदक हात पारेको छ ।
प्रतियोगितामा उमाकुण्ड गाउँपालिका दोस्रो भएको छ । उमाकुण्डले २१ स्वर्ण, १२ रजत र ११ कांस्य गरी ४४ पदक जितेको छ ।
यसैगरी प्रतियोगितामा जिल्लाका लिखु तामाकोसी गाउँपालिका तेस्रो भएको छ । लिखु तामाकोसीले ८ स्वर्ण ६ रजत र १२ कांस्य सहित २६ पदक जितेको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीका अनुसार प्रतियोगितामा ६ स्वर्ण, ९ रजत र १८ कांस्य गरी कूल ३३ वटा पदक जित्दै दोरम्बा शैलुङ गाउँपालिका चौथो भएको छ । प्रतियोगितामा रामेछाप नगरपालिकाले ५ स्वर्ण, ९ रजत र १८ कांस्य गरी कूल ३२ पदक जितेको छ । खाँडादेवी गाउँपालिकाले २ स्वर्ण, ४ रजत र ३ कांस्य गरी ९ वटा पदक जितेको छ । सुनापति गाउँपालिकाले १ स्वर्ण ४ रजत र ३ कांस्य गरी ८ वटा पदक जितेको छ । त्यस्तै गोकुलगंगा गाउँपालिकाले १ स्वर्ण ४ रजत र १ कांस्य गरी ६ वटा पदक जितेको छ ।
प्रतियोगितामा पहिलो हुनेले नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा समान ६६ वटा स्वर्ण, रजत र कांस्य पदक राखिएको थियो । जसमा भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो, उसु, कराँते लगायतका खेल समावेश गरिएको थियो ।
प्रतियोगितामा जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिकाबाट ७ सय ३९ जना खेलाडी सहभागी थिए ।