नयाँ राजनीतिक समिकरण र यसका सम्भावित प्रभाव
सरकार र जेन–जी बिचको सम्झौताको अन्तर्य
नेपालमा कृषिको ब्यबसायिकरणका चुनौतिहरु
एमाले महाधिवेशनको सन्देशः नयाँ ऊर्जा कि पुरानै ढाँचा ?
माजोङको चमक पाँचौं पटक दिल्लीमा : नेपाली क्यासिनोको अन्तर्राष्ट्रिय पहिचान
तिहारमा उपत्यकामा ६,१०६ प्रहरी परिचालन : Dog Sniffing सहितको विशेष सुरक्षा योजना लागू
चाँगुनारायण मन्दिर
कांग्रेसले कार्यवाहक नदिने, विशेष महाधिवेशन पनि नगर्ने
सिरहामा तस्करसँग प्रहरी प्रशासनको साँठगाँठ, भारतबाट निर्वाध बाख्रा तस्करी
सिरहा — भारतबाट सिरहा र सप्तरीको सीमामा पर्ने बलान खोला हुँदै नेपालतर्फ बाख्राको निर्वाध तस्करी हुँदै आएको रहस्य सार्वजनिक भएको छ । प्रहरी प्रशासनको मिलेमतोमै भारतबाट नेपालतर्फ बाख्राको तस्करी हुने गरेको रहस्य सार्वजनिक भएको हो ।यो भिडियो सीमावर्ती बजार भगवानपुर चोकदेखि ५ सय मिटर उत्तरस्थित ठाडी-लहान सडकखण्डको गएको मंगलबार रातिको हो । कान्तिपुरलाई भिडियो दिएका ती स्थानीयले बलान खोलाको सुनसान बगरमा मंगलबार राति पौने ९ बजेको समयमा उक्त पिकअप देखेका थिए ।
तर, त्यस पिकअपमा बाख्रा लोड भइरहेको देखेपछि ती स्थानीयले तत्कालै अस्थायी प्रहरी चौकी, भगवानपुरमा खबर गरेका थिए । तर, प्रहरी आएन । त्यसको १५ मिनेटपछि पिकअप त्यहाँबाट हुलाकी सडक हुँदै भगवानपुरतिर हुँइकियो ।भगवानपुरबाट उक्त पिकअप लहानतिर लागेपछि ती स्थानीयले बाटोमा पर्ने इलाका प्रहरी कार्यालय, महेशवारीमा पनि खबर गरे । तैपनि उक्त पिकअप पक्राउ परेन । प्रहरी नै मिलेको शंका लागेपछि ती स्थानीय भिडियो खिचेर घर फर्किएका थिए ।
अस्थायी प्रहरी चौकी भगवानपुरका प्रमुख प्रहरी सहासय निरीक्षक दिनेश यादवले आफूलाई यसबारेमा सूचना आएको स्वीकार गरेपनि हुस्सुले गर्दा आफू समयमै त्यहाँ पुग्न नसकेको दाबी गरे । ‘हामी गएका थियौं, हुस्सुले गर्दा बाटो नै गलत पर्यो,’ उनले भने, ‘सर, हामी भेटौं न ।’
महेशवारी प्रहरीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक बाबुराम कार्कीले पनि आफूलाई यस विषयमा सूचना आएको स्वीकार गरेका छन् । तर, त्यसबेला आफू एक ठाउँमा विवाद भएर बाहिर भएको र त्यहाँबाट आएपछि सडकमा निगरानी गर्दा पिकअप नदेखेको दाबी उनले गरे ।‘म त्यसबेला बाहिर थिएँ, उत्ताको विवाद सल्टाएर आएपछि म सडकमा निगरानी गरेँ, तर कतै देखिनँ,’ वरिष्ठ सई कार्कीले भने, ‘सायद गाडी अर्को बाटो भएर पास भएको हुनसक्छ, हाम्रो मिलेमतोको कुरा गलत हो ।’