दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने
काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार
सिरहामा तस्करसँग प्रहरी प्रशासनको साँठगाँठ, भारतबाट निर्वाध बाख्रा तस्करी
सिरहा — भारतबाट सिरहा र सप्तरीको सीमामा पर्ने बलान खोला हुँदै नेपालतर्फ बाख्राको निर्वाध तस्करी हुँदै आएको रहस्य सार्वजनिक भएको छ । प्रहरी प्रशासनको मिलेमतोमै भारतबाट नेपालतर्फ बाख्राको तस्करी हुने गरेको रहस्य सार्वजनिक भएको हो ।यो भिडियो सीमावर्ती बजार भगवानपुर चोकदेखि ५ सय मिटर उत्तरस्थित ठाडी-लहान सडकखण्डको गएको मंगलबार रातिको हो । कान्तिपुरलाई भिडियो दिएका ती स्थानीयले बलान खोलाको सुनसान बगरमा मंगलबार राति पौने ९ बजेको समयमा उक्त पिकअप देखेका थिए ।
तर, त्यस पिकअपमा बाख्रा लोड भइरहेको देखेपछि ती स्थानीयले तत्कालै अस्थायी प्रहरी चौकी, भगवानपुरमा खबर गरेका थिए । तर, प्रहरी आएन । त्यसको १५ मिनेटपछि पिकअप त्यहाँबाट हुलाकी सडक हुँदै भगवानपुरतिर हुँइकियो ।भगवानपुरबाट उक्त पिकअप लहानतिर लागेपछि ती स्थानीयले बाटोमा पर्ने इलाका प्रहरी कार्यालय, महेशवारीमा पनि खबर गरे । तैपनि उक्त पिकअप पक्राउ परेन । प्रहरी नै मिलेको शंका लागेपछि ती स्थानीय भिडियो खिचेर घर फर्किएका थिए ।
अस्थायी प्रहरी चौकी भगवानपुरका प्रमुख प्रहरी सहासय निरीक्षक दिनेश यादवले आफूलाई यसबारेमा सूचना आएको स्वीकार गरेपनि हुस्सुले गर्दा आफू समयमै त्यहाँ पुग्न नसकेको दाबी गरे । ‘हामी गएका थियौं, हुस्सुले गर्दा बाटो नै गलत पर्यो,’ उनले भने, ‘सर, हामी भेटौं न ।’
महेशवारी प्रहरीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक बाबुराम कार्कीले पनि आफूलाई यस विषयमा सूचना आएको स्वीकार गरेका छन् । तर, त्यसबेला आफू एक ठाउँमा विवाद भएर बाहिर भएको र त्यहाँबाट आएपछि सडकमा निगरानी गर्दा पिकअप नदेखेको दाबी उनले गरे ।‘म त्यसबेला बाहिर थिएँ, उत्ताको विवाद सल्टाएर आएपछि म सडकमा निगरानी गरेँ, तर कतै देखिनँ,’ वरिष्ठ सई कार्कीले भने, ‘सायद गाडी अर्को बाटो भएर पास भएको हुनसक्छ, हाम्रो मिलेमतोको कुरा गलत हो ।’