दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने
काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार
ठमाडौं । नेपाल आयाल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीस्थित डिपोको भण्डारण क्षमता अभिवृद्धि र स्थानान्तरण हुने भएको छ । सिनामंगल डिपोमा आज पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो ।सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी डिपोको स्थानान्तरण, भण्डारण क्षमता अभिवृद्धि एवं नयाँ स्मार्ट बनाउन लागिएको हो ।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको पायक पर्ने स्थानमा डिपो स्थानान्तरण हुन लागेको हो । कैलालीको गोदावरी नगरपालिका- ८ मा पर्ने अत्तरिया चोकबाट पूर्व करिब ५ किलोमिटरको दूरीमा रहेको पूर्व-पश्चिम राजमार्ग डिपो सार्न लागिएको हो ।डिपो २० बिघा १६ कट्ठा ८ धुर जग्गा स्थानान्तरण हुनेछ । जग्गा प्राप्ति ऐन २०३४ अनुसार जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाउन सिफारिससमेत भएको छ । हाल सञ्चालिन डिपो १ विघा ८ कट्ठामा रहेको छ ।
धनगढीमा हाल सञ्चालित डिपो २०३७ सालमा निर्माण भएको थियो । तत्कालीन समयमा सो ठाउँमा पेट्रोलियम पदार्थको माग दैनिक अधिकतम ४ गाडी थियो । १ विघा ८ कठ्ठामा सञ्चालित धनगढी डिपोको क्षेत्रफल अपर्याप्त हुनुका साथै सुरक्षाको मापदण्डभन्दा बाहिर परेकाले स्थानान्तरण गर्न लागिएको प्रादेशिक कार्यालयले जनाएको छ ।
आयल निगमका ७ वटा प्रादेशिक कार्यालय, ३ वटा शाखा कार्यालय, १० वटा हवाई इन्धन डिपो र २ वटा हवाई इन्धन रिफ्युलिङ स्टेशन सञ्चालनमा छन् ।
भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख प्रदीपकुमार यादवले २०८२ वैशाख पहिलो हप्ताभित्र नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट डीपीआर एवं डिपो निर्माणको शिलान्यास गर्ने बताए ।
उनले भने, ‘डीपीआर निर्माणको जिम्मा काठमाडौं विश्वविद्यालयलाई दिइनेछ । २०८४ सालको वैशाख महिनाभित्र नयाँ स्मार्ट डिपो सञ्चालनमा आउने गरी काम गर्नेछौं ।’