नयाँ राजनीतिक समिकरण र यसका सम्भावित प्रभाव
सरकार र जेन–जी बिचको सम्झौताको अन्तर्य
नेपालमा कृषिको ब्यबसायिकरणका चुनौतिहरु
एमाले महाधिवेशनको सन्देशः नयाँ ऊर्जा कि पुरानै ढाँचा ?
माजोङको चमक पाँचौं पटक दिल्लीमा : नेपाली क्यासिनोको अन्तर्राष्ट्रिय पहिचान
तिहारमा उपत्यकामा ६,१०६ प्रहरी परिचालन : Dog Sniffing सहितको विशेष सुरक्षा योजना लागू
चाँगुनारायण मन्दिर
कांग्रेसले कार्यवाहक नदिने, विशेष महाधिवेशन पनि नगर्ने
अमेरिकाको लस एन्जलसमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । लस एन्जलस टाइम्सको रिपोर्टअनुसार आगो अझै फैलिने क्रम रोकिएको छैन ।
लस एन्जलस टाइम्सको रिपोर्ट अनुसार जनवरी ७ मा पालिसेड्स आगलागी अघि हावा तीव्र रूपमा चल्न थालेको थियो । तर, लस एन्जलस दमकल विभाग (LAFD)ले उपलब्ध करिब एक हजार दमकलकर्मीहरू र दर्जनौं दमकल अग्रिम रूपमा तैनाथ गरेन।
रिपोर्टमा दाबी गरिएअनुसार आगलागी नियन्त्रणभन्दा बाहिर जानुअघि दमकल विभागले उपलब्ध ४० भन्दा बढी पानी ओसार्ने इन्जिनमध्ये केवल पाँच मात्रै तैनाथ गरेको थियो । त्यस्तै, अग्नि नियन्त्रण अधिकारीहरूले दोस्रो शिफ्टमा काम गर्न दमकलकर्मीहरूलाई आदेश नदिएको दाबी गरिएको छ, जसले जनशक्तिको संख्या दोब्बर गर्न सक्थ्यो।एलएएफडीका प्रमुख क्रिस्टिन क्राउलीले लस एन्जलस टाइम्सलाई दिएको वक्तव्यमा यो प्रतिक्रिया बचाउ गरेका छन् । उनले सीमित स्रोतसाधनको साथ रणनीतिक निर्णय लिनुपरेको दाबी गरेका छन् ।