दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने
काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार
अमेरिकाको लस एन्जलसमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । लस एन्जलस टाइम्सको रिपोर्टअनुसार आगो अझै फैलिने क्रम रोकिएको छैन ।
लस एन्जलस टाइम्सको रिपोर्ट अनुसार जनवरी ७ मा पालिसेड्स आगलागी अघि हावा तीव्र रूपमा चल्न थालेको थियो । तर, लस एन्जलस दमकल विभाग (LAFD)ले उपलब्ध करिब एक हजार दमकलकर्मीहरू र दर्जनौं दमकल अग्रिम रूपमा तैनाथ गरेन।
रिपोर्टमा दाबी गरिएअनुसार आगलागी नियन्त्रणभन्दा बाहिर जानुअघि दमकल विभागले उपलब्ध ४० भन्दा बढी पानी ओसार्ने इन्जिनमध्ये केवल पाँच मात्रै तैनाथ गरेको थियो । त्यस्तै, अग्नि नियन्त्रण अधिकारीहरूले दोस्रो शिफ्टमा काम गर्न दमकलकर्मीहरूलाई आदेश नदिएको दाबी गरिएको छ, जसले जनशक्तिको संख्या दोब्बर गर्न सक्थ्यो।एलएएफडीका प्रमुख क्रिस्टिन क्राउलीले लस एन्जलस टाइम्सलाई दिएको वक्तव्यमा यो प्रतिक्रिया बचाउ गरेका छन् । उनले सीमित स्रोतसाधनको साथ रणनीतिक निर्णय लिनुपरेको दाबी गरेका छन् ।