प्रचण्ड र माधवबीच सिंहदरबारमा भेटर्वार्ता

जनसंकेत डटकम 2025-01-09
img

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरूबीच भेटवार्ता भएको छ ।

बिहीबार दिउँसो सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा दुई पार्टीका शीर्ष नेताहरू सहभागी थिए । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसाललगायतका पनि छलफलमा सहभागी थिए ।
भेट नियमित रहेको र बिहीबारको भेटमा समसामयिक राजनीतिक र संविधान संशोधनका एजेण्डाहरूका सम्बन्धमा छलफल भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

Related Post