दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने
काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार
काठमाडौं । थली सांस्कृतिक तथा व्यापार महोत्सव २०८१ को तयारी पूरा भएको छ । आगामी पौष २५ गते देखि माघ ५ गतेसम्म राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजना र संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि. को व्यवस्थापनमा “स्वच्छ, सफा हरभरा कागेश्वरी मनोहरा, संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने हाम्रो अभिभारा “भन्ने मूल नाराका साथ कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५, थलीचौरमा रहेको खाली जग्गामा कागेश्वरी मनोहरा नगरपालिकाको परम्परागत कला, संस्कृक्ति, औद्योगिक व्यापार, घरेलु, कृषि, खेलकुद, पर्यटन प्रवर्द्धन निमित्त प्रथम थली सांस्कृतिक तथा व्यापार महोत्सव-२०८१ आयोजना हुने महोत्सवकाे तयारी पुरा भएकाे आयोजक राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष एवं कार्यक्रम संयोजक नमराज ढुङ्गानाले जानकारी दिए ।
८ दिनसम्म चल्ने प्रथम थली महोत्सव बिहान १० देखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ । महोत्सव स्थलमा प्रवेश गर्न टिकटदर ८० रुपैयाँ र विद्यार्थी सहुलियतमा रु.५० कायम गरिएको छ । यद्यपी माघ १ गते र ६ गते विशेष कन्सर्ट हुने हुँदा टिकटर रु.१५० र सहुलियतमा रु.१०० कायम गरिएको आयोजकले जानकारी दिए ।
राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजना र संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि. को व्यवस्थापनमा हुने महोत्सवमा कागेश्वरी मनोहरा नगरपालिकाको परम्परागत कला, संस्कृक्ति, औद्योगिक व्यापार, घरेलु, कृषि, खेलकुद, पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।।
काठमाडौं जिल्लाकै ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय स्थानले भरिभराउ क्षेत्र कागेश्वरी मनोहरा नगरपालिकामा कार्यक्रम आयोजना गर्न लागिएको हो । महोत्सवमा १५० भन्दा बढी स्टलहरु राखिने छन् । जसमध्य कागेश्वरी नगरपालिका भित्र रहेका ९ वटा वडा लाई कृषिजन्य उत्पादनको प्रदर्शन तथा विक्रिको लागि निशुल्क रुपमा एक–एक वटा स्टलहरु उपलब्ध गराईने साथै बाँकी स्टलको साइजअनुसार न्यून शुल्क लिइ व्यापारीहरुलाई स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ ।
महोत्सवमा दैनिक उपभोग्य सामाग्रीहरु, विभिन्न प्रकारका लत्ताकपडाहरु, खाद्यान्न, अटोमोबाइल, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, कृषि औजारका सामाग्रीहरुको प्रदर्शनी, धिमे बाजा प्रतियोगिता, लोपोन्मुख बाजागाजाको प्रवद्र्धन तथा मौलिक बाजागाजाको प्रदर्शनी, विज्ञान प्रविधिको प्रदर्शनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, विभिन्न समुदायको खानाको प्रदर्शनी, २०० जनाभन्दा बढी राष्ट्रिय, अन्तराष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती, एसियाकै उत्कृष्ट बाल उद्यान, ऐतिहासिक पर्यटकीय स्थलहरुको फोटो तथा भिडियो प्रदर्शनी, धार्मिक कार्यक्रमको प्रदर्शनी, सांस्कृक्तिक, व्यापार तथा पर्यटकीय सामाग्रीहरुको स्टलहरु रहनेछन् । महोत्सवमा बिक्री हुने सामानहरु विशेष छुटको समेत व्यवस्था हुने आयोजकले जानकारी दिएका छन् ।
मनोरञ्जनका लागि महोत्सवमा बाल उद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, मिकी माउस, ट्रेम्पालिङ, स्करपियो आदिका साथमा राष्ट्रिय, अन्तराष्ट्रिय, स्थानीय कलाकारहरुको हाँस्यव्यत्र्य तथा गीत गायनको बेजोड प्रस्तुति प्रत्येक दिन रहनेछ । माघ ६ गतेसम्म चल्ने महोत्सवमा उपस्थित भई काठमाडौं उपत्यकाबासी सहित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक लगायत विभिन्न जिल्लाका वासिन्दहरुले समेत लाभ लिन सक्ने आयोजकले उल्लेख गरेका छन् ।