दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने
काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार
भक्तपुर । एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल (ईप्सन भक्तपुर) को पाँचौं अधिवेशन सम्पन्न भएको छ । ११ वटा विद्यालयहरु सदस्य रहेको यस शैक्षिक क्लस्टरको उक्त अधिवेशनले जी.बी. खड्का अध्यक्षमा चुनिएका छन् । अध्यक्ष चुनिएका खड्का भक्तपुरको नगरकोटफेदीस्थित क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल हुन् ।
अधिवेशनले इप्सन भक्तपुरको उपाध्यक्षमा सुर्योदय सेकेण्डरी स्कुलका प्रिन्सिपल विजय कर्माचार्य, सचिवमा पारिजात बिद्याकुञ्जका प्रिन्सिपल विक्रम थापा र कोषाध्यक्षमा हिमाल एकेडेमीका प्रिन्सिपल प्रदिप थापा चुनिएका छन् ।
यस्तै ग्लोवल एकेडेमीका प्रिन्सिपल के. वी. ङाखुसी सहसचिवमा चयन भएका छन् । त्यसैगरी मदरल्याण्ड इङ्लिस स्कुलका प्रिन्सिपल संजय खड्का, ईडेन गार्डेन इङ्लिस स्कुलका प्रिन्सिपल जयप्रकाश राई, सेन्ट जोन्स इङ्लिस स्कुलका प्रिन्सिपल देवदत्त भट्ट, बिमल मेमोरियल बिद्यापिठका प्रिन्सिपल कुमार थापामगर, युनिटी इङ्लिस स्कुलका प्रिन्सिपल बिपीन गुमाञ्जु र नगरकोट सनराईजका प्रिन्सिपल सुर्य घिसिङ्ग सदस्यमा चयन भएका छन् ।
एउटै पाठ्यक्रम तथा पाठ्यपुस्तकमार्फत् संयुक्त परीक्षा संचालन, शिक्षक सशक्तीकरण कार्यक्रमहरु, विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलाप कार्यक्रम आदि संचालन गर्दै शैक्षिक उन्नयनमा अग्रसर यो संस्था वि.स. २०५७ मा स्थापना भएको थियो ।
यस अधिवेशनमार्फत् संस्थालाई सदस्य विद्यालयहरुको स्रोत केन्द्रका रुपमा अगाडी बढाउने, शिक्षक सशक्तीकरण कार्यक्रमलाई प्रभावकारी बनाउने र शिक्षक तथा विद्यार्थी विपद् कोष संचालनलाई भावी योजनाका रुपमा अगाडी बढाउने योजना सहित अधिवेशन सम्पन्न भएको जानकारी अध्यक्ष जी.बी खड्काले दिए ।