दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने
काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार
अधिकांश मान्छे फलफूल खाँएपछि त्यसको बोक्रा फाल्ने गर्छन् । फालिएका फलफूलका बोक्रा स्वास्थ्यको धेरै लाभप्रद हुन्छन् । फलफूल जस्तो बाहिरी बोक्रा मीठो स्वादको हुँदैन् । यसकारण पनि मानिसहरू बोक्रा फाल्ने गर्छन् । फलफूलमा भिटामिन र मिनिरल्स पाउँछन् । जुन शरीरको लागि निकै लाभप्रद हुन्छ ।
फलफूलको बोक्रामा समेत एण्टीअक्सीडेट तथा भिटामिन पाउने कुरामा धेरै अनभिज्ञ नै छन् । यसले क्यान्सर जस्तो खतरनाक रोगबाट समेत मुक्त हुन सक्छन् । साथै यसले रोग प्रतिरोधात्मक क्षमता पनि बृद्धि गर्छ ।
सुन्तलाको बोक्रामा भिटामिन सी र एण्टी अक्सीडेन्टस् पाइन्छ । यसले शरीरको मोटोपन घटाउनुका साथै कब्जीयत र श्वासप्रश्वास सम्बन्धी समस्याबाट छुटकारा मिल्छ ।
केराको बोक्राले दाँत सफा गर्न मद्दत गर्छ । यसले छालामा नरमपन ल्याउनुका साथै ऐसिडिटीबाट पनि बचाउँछ ।
अनारको बोक्रामा न्युट्रियट्स(पोषक तत्व) र भिटामिन प्रचुरमात्रामा पाइन्छ । यसले घाँटीको खसखसलाई निको पार्नुका साथै हड्डीको विकासमा पनि मद्दत मिल्दछ ।
तरबुजाको बोक्राको सेतो भाग शरीरको मोटोपन घटाउन मद्दत गर्छ । यसले छाला र कपाललाई स्वस्थ राख्न मद्दत पुग्दछ । यसले शरीरको कोषिकालाई पोषण प्रदान गर्छ ।
स्याउको बोक्राले कब्जीयतबाट मुक्त गराउँछ । यसमा फाइबर तत्व पाउने गर्छ । यसले रोग प्रतिरोधक क्षमता बढाउँछ । साथै क्यान्सरबाट बचाउन पनि सहयोग गर्छ ।
कागतीको बोक्रामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । यसमा एण्टीसेप्टिक गुण पाइन्छ । यसले मुखमा हुने संक्रमणबाट बचाउनुको साथै पेटमा हुने संक्रमणबाट पनि बचाउने गर्छ । यसले तनावबाट मुक्त हुन पनि सहयोग गर्छ ।
मेवाको बोक्राले शरीरमा भएका विकारयुक्त रसायनलाई बाहिर निष्काशन गर्न मद्दत पु–याउँछ ।