सत्ता केन्द्रित हुँदा कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्यो : प्रचण्ड
अपराधी जुनसुकै बेला कानुनी दायरामा आउँछन् : महानिरीक्षक कार्की
दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पोखरामा पहिलो पटक हुन थालेको अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा दर्जन बढी मुलुकका पाइलट पनि सहभागि हुने भएका छन्। पोखराको साहसिक पर्यटनलाई प्रर्वद्धन गर्न आयोजित महोत्सवका लागि विदेशी पाइलट पोखरा आइसकेका छन् । नेपालमै पहिलोपटक पोखरामा बेलुन महोत्सव संचालन हुँदैछ।
बेलुन साहसिक पर्यटकीय गतिविधि गराउने पर्यटकीय प्रडक्ट हो। बेलुन नेपालले सन् २०१८ देखि पोखरामा हट एयर बेलुनमार्फत पर्यटकलाई पोखराको आकासमा सयर गराउँदै आएको छ। योपटक भने पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य सहित महोत्सव आयोजना गरिएको हो। पोखरा पर्यटन परिषद् (पिटिसी) र बेलुन नेपाल प्रालिको संयुक्त आयोजनामा हुन थालेको महोसव पुस ९ देखि १७ गतेसम्म आयोजना हुने आयोकले बताएको छ।
बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेले पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्न महोत्सव आयोजना गरिएको बताए। उनका अनुसार १५ देशका बेलुन उडान गर्ने पाइलट पोखरा आइसकेका छन्। नेपालका समेत गर्दा १७ वटा बेलुन पोखराको आकाशमा यो अवधिमा बिहान र बेलुकीको समयमा एकैपटक उडान भर्नेछन् । फेवातालको सिरान क्षेत्रको पामेको आकाशमा यो महोत्सव हुनेछ।
‘पोखराको आकाशमा एकैपटक १७ वटा बेलुन उडाएर बेलुनमय बनाउने प्रयास गर्दैछौ। पहिलो पटक पोखरामा हुन थालेकोले यो महोत्सव सबैका लागि नौलो बन्नेछ,’ शनिबार आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘नेपाली नागरिकका लागि यो महोत्सव नितान्त नौलो पनि रहेको छ। यसले पोखरामा पर्यटन प्रर्वद्धन गर्न सघाउने अपेक्षा छ । बेलुनमा रमाउनका लागि आन्तरिक पाहुना पोखरा आउने अपेक्षा छ।’ हट एयर बेलुनमा एकपटकमा ८ जनासम्म पर्यटक उड्न सक्छन्।