आज डिसेम्बर २१, विश्वभर ध्यान दिवस मनाइँदै

जनसंकेत डटकम 2024-12-21
img

काठमाडौं : नेपालमा  विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले आज विश्व ध्यान दिवस  मनाउँदै छन् । डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसंघीय  महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । यस अनुसार दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन् ।

विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ ।

नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ । यस अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने संघ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

Related Post