दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने
काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार
पुष ६ २०८१। बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दू भएर आज एकाबिहानै बिहान ४ बजेर १४ मिनेटमा पाँच दशमलव दुई म्याग्नेच्युडको भूकम्प गएको छ ।
भूकम्पको धक्का नहाशुश भए संगै जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका थिए । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् ।
उक्त भूकम्पले मानवीय क्षति भएको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रूपक मण्डलका अनुसार भौतिक क्षतिको विवरण सङ्कलन हुँदै छ । उनले भने–हामी बिहानैदेखि क्षतिको विवरण लिइरहेका छौँ । यस कार्यमा सबै पालिकाका वडाध्यक्षसँग सहयोग मागिएको छ । प्रारम्भिक विवरण अनुसार मानवीय क्षतिको कुनै जानकारी आएको छैन । भौतिक संरचनाका क्षतिबारे विवरण सङ्कलन भइरहेको छ ।
आसपासका जिल्लाहरूमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।