नयाँ राजनीतिक समिकरण र यसका सम्भावित प्रभाव
सरकार र जेन–जी बिचको सम्झौताको अन्तर्य
नेपालमा कृषिको ब्यबसायिकरणका चुनौतिहरु
एमाले महाधिवेशनको सन्देशः नयाँ ऊर्जा कि पुरानै ढाँचा ?
माजोङको चमक पाँचौं पटक दिल्लीमा : नेपाली क्यासिनोको अन्तर्राष्ट्रिय पहिचान
तिहारमा उपत्यकामा ६,१०६ प्रहरी परिचालन : Dog Sniffing सहितको विशेष सुरक्षा योजना लागू
चाँगुनारायण मन्दिर
कांग्रेसले कार्यवाहक नदिने, विशेष महाधिवेशन पनि नगर्ने
पुष ६ २०८१। बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दू भएर आज एकाबिहानै बिहान ४ बजेर १४ मिनेटमा पाँच दशमलव दुई म्याग्नेच्युडको भूकम्प गएको छ ।
भूकम्पको धक्का नहाशुश भए संगै जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका थिए । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् ।
उक्त भूकम्पले मानवीय क्षति भएको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रूपक मण्डलका अनुसार भौतिक क्षतिको विवरण सङ्कलन हुँदै छ । उनले भने–हामी बिहानैदेखि क्षतिको विवरण लिइरहेका छौँ । यस कार्यमा सबै पालिकाका वडाध्यक्षसँग सहयोग मागिएको छ । प्रारम्भिक विवरण अनुसार मानवीय क्षतिको कुनै जानकारी आएको छैन । भौतिक संरचनाका क्षतिबारे विवरण सङ्कलन भइरहेको छ ।
आसपासका जिल्लाहरूमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।