नयाँ राजनीतिक समिकरण र यसका सम्भावित प्रभाव
सरकार र जेन–जी बिचको सम्झौताको अन्तर्य
नेपालमा कृषिको ब्यबसायिकरणका चुनौतिहरु
एमाले महाधिवेशनको सन्देशः नयाँ ऊर्जा कि पुरानै ढाँचा ?
माजोङको चमक पाँचौं पटक दिल्लीमा : नेपाली क्यासिनोको अन्तर्राष्ट्रिय पहिचान
तिहारमा उपत्यकामा ६,१०६ प्रहरी परिचालन : Dog Sniffing सहितको विशेष सुरक्षा योजना लागू
चाँगुनारायण मन्दिर
कांग्रेसले कार्यवाहक नदिने, विशेष महाधिवेशन पनि नगर्ने
भक्तपुर, पुस ६ । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा यही पौष १२, १३ र १४ गते मध्यपुर थिमिमा हुने मध्यपुर महोत्सव–२०८१ को प्रचार प्रसारका लागि शनिवार बृहत साइकल र्याली आयोजना गरिएको छ ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, नगर प्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्य, मध्यपुर थिमिका पुर्व नगर प्रमुख मदनकृष्ण श्रेष्ठलगायतले साइकल चढेर र्यालीको शुभारम्भ गर्नुभएको हो ।
थिमिको शंखधरचोकबाट शुरु भएको साइकल र्याली भक्तपुरको सल्लाघारी, सूर्यविनायक, जगाती, च्याम्हसिंह, दत्तात्रय, टौमढी, भर्वाचो गेट, सल्लाघारी, निकोशेरा, पुरानो थिमि बहाखाबजार, बोडे हुँदैं काठमाण्डौंको मूलपानी प्रवेश गरेको थियो ।
र्यालीले काठमाण्डौंको मुलपानी, जोरपाटी, बौद्ध, चावहिल, सिफल, सानो गौचरण, नक्साल, ठमेल, क्षेत्रपाटी, बसन्तपुर, जैसीदेवल, टेकु र थापाथलीको भ्रमण गरेको थियो ।
थापाथलीबाट ललितपुर प्रवेश गरेको साइकल र्याली पाटनढोका, नागबहाल, ग्वार्को, लुभु हुँदैं पुनः भक्तपुरको चित्रपुर प्रवेश गरी दक्षिण बाराही हुँदैं शंखधरचोकमा पुगी समापन हुने आयोजकले जनाएको छ ।
र्यालीमा करिव ३ सय साइकल यात्री सहभागी भएका छन । र्यालीका क्रममा उपत्यकाका विभिन्न स्थानमा धिमे बाजा बजाई प्रचार गर्ने र ती स्थानमा महोत्सवका प्रचार सामग्री र निमन्त्रणा पत्र समेत वितरण गर्ने कार्यक्रम रहेको साइकल र्यालीका संयोजक सुशान चक्रधरले बताउनुभयो ।
मध्यपुर साइकल ग्रुपको संयोजनमा मध्यपुर थिमि नगरपालिका र साइकल कनेक्ट भक्तपुरले संयुक्तरुपमा आयोजित साइकल र्यालीले ४४ किलोमिटर दुरी तय गर्ने चक्रधरले जानकारी दिनुभयो ।