दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने
काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार
भक्तपुर । मध्यपुर थिमीमा खोपृङ नवदुर्गा सङ्कल्प भोजन सम्पन्न भएको छ । भक्तपुर विकास सहयोग सङ्घको आयोजनामा मध्यपुर थिमीमा नवदुर्गा देवगणलाई सङ्कल्प भोजन गराइएको हो ।
मध्यपुर थिमीको बालकुमारी मन्दिर देखि विभिन्न बाजा तथा सत्कारका साथ नवदुर्गा देवगणलाई सिद्दिगणेश मन्दिर लगी सत्कारका साथ पूजा आजा सम्पन्न गरी भोजन तथा नयाँ पोसाक प्रदान गरिएको थियो ।
उक्त सङ्कल्प भोजनका क्रममा भक्तपुर विकास सहयोग सङ्घले नवदुर्गा गणलाई भोजन गराउनुका साथै नयाँ पोसाक पनि प्रदान गरेको थियो ।
भक्तपुर विकास सहयोग सङ्घले आयोजना गरेको उक्त देवगणलाई भोजन कार्यक्रममा १५ सय भन्दा बढी भक्तजनलाई पनि समय बजीका साथ सत्कार गरेको थियो ।
नवदुर्गा देवगणलाई जीवित देवताका रूपमा पूजा आजा गरिँदै आएकोमा उनीहरूको आदर सत्कार एवं विशेष पूजा मार्फत यसरी ५० औँ वर्ष पछि पूजा सम्पन्न गरिएको मध्यपुरका बुढापाकाले बताएका छन् ।
उक्त सङ्कल्प भोजन कार्यक्रममा प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधी, बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, बागमती प्रदेश सदस्यहरू सुरेश श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, धनेश्वरी प्रजापति, मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ उपमेयर विजय कृष्ण श्रेष्ठ लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।