दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने
काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार
थिमि लाय्कू परिसर, थिमिको सांस्कृतिक र धार्मिक केन्द्र हो, जहाँ बालकुमारीका मूर्तिहरू राखेर विभिन्न सांस्कृतिक र धार्मिक गतिविधिहरू सञ्चालन गरिन्छ।
मध्यपुर थिमि नगरपालिका वडा नं ४ मा रहेको थिमि लाय्कू परिसर थिमि बस्तीको मध्यभागमा अवस्थित छ । हाल यस परिसरमा आदर्श उच्च माध्यमिक विद्यालय संचालन भइरहेको छ भने एउटा भवनमा लाय्कूको तलेजु रहेको छ । थिमिको मूल सडकमै रहेको यस परिसर झण्डै ३.५ रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल यस परिसरमा विद्यालय संचालनमा रहेको भए पनि यस परिसरको एउटा दक्षिणी छेउको एक भवनलाई तलेजुको रुपमा धार्मिक एव्म सांस्कृतिक क्रियाकलापहरु सम्पन्न गर्ने गरिएको छ ।