नयाँ राजनीतिक समिकरण र यसका सम्भावित प्रभाव
सरकार र जेन–जी बिचको सम्झौताको अन्तर्य
नेपालमा कृषिको ब्यबसायिकरणका चुनौतिहरु
एमाले महाधिवेशनको सन्देशः नयाँ ऊर्जा कि पुरानै ढाँचा ?
माजोङको चमक पाँचौं पटक दिल्लीमा : नेपाली क्यासिनोको अन्तर्राष्ट्रिय पहिचान
तिहारमा उपत्यकामा ६,१०६ प्रहरी परिचालन : Dog Sniffing सहितको विशेष सुरक्षा योजना लागू
चाँगुनारायण मन्दिर
कांग्रेसले कार्यवाहक नदिने, विशेष महाधिवेशन पनि नगर्ने
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस २६ गते शुक्रबार आफ्नो तेइसौं वार्षिक साधारणसभा आयोजना गर्ने घोषणा गरेको छ। सभा चितवनको सौराहास्थित होटल सेभेन स्टार लिमिटेडमा बिहान १० बजेबाट शुरु हुनेछ।
सभामा कम्पनीले आफ्नो चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
गत आवको वार्षिक प्रतिवेदन र अन्य वित्तीय विवरणहरू सभामा पारित गरिनेछन्। साथै, चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषयमा पनि निर्णय गरिनेछ।
सभामा तीन जना सञ्चालकको निर्वाचन पनि गरिनेछ।
बोनस सेयर वितरण पछि चुक्ता पूँजी बढ्ने भएकाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न र अन्य लघुवित्त संस्थासँग मर्जर गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका आधारमा पुस १६ गतेसम्म कायम सेयरधनीहरू सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।