दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने
काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार
“बाबु साह्रै भोक लाग्यो । केही सहयोग गर्न सक्नुहुन्छ ?”
एक वृद्धआमाको रोदनले मेरा पाइला रोकिए । मैतीदेवीबाट अनामनगरतिर हिँड्दै थिएँ म । मैतीदेवी कट्ने बित्तिकै उहाँसँग भेटभएको थियो । चाउरेको अनुहार, झुत्रा र मैला लुगा लगाएकी आमाको रोदनमा भोकले छटपटिएकाे र दुःखको अनुभूति पाएँ । केही सोधखोज गर्ने सोँच आएको थियो तर समय अभावका कारण त्यो अवसर पाइनँ । मैले केही रुपैयाँ दिँदै भने, “ल, लिनुस् आमा केही खानेकुरा किनेर खानुहोस् ।” म त्यहाँबाट सरासर अगाडि बढेँ ।
घट्टेकुलो पुग्नासाथ अचानक मेरा पाइला रोकिए । एक अधबैंसे पुरुष मेरो अगाडि ङिस्स हाँस्दै उभिएर बाटो छेक्यो । मैले उसलाई कहिल्यै देखेकै थिएन चिन्नु त कहाँ हो कहाँ । उसले कटनको सुकिलो कमिज सुरुवाल माथि कटनकै लामो सल लगाएको थियो । सेतो मोजा र छालाको जुत्ता लगाएको थियो । मान्छे पातलो, अग्लो, सफा र गहुँगोरो थियो । हेर्दा उ खानदानी जस्तै देखिन्थ्यो ।
यो कुनै दलका नेता वा कुनै धार्मिक गुरु वा युटुवर वा.........वा............वा......हुनुपर्छ । उसलाई देख्नासाथ मेरो दिमागले फटाफट सोच्यो तर यही भनेर ठम्याउन सकेन ।
उसले एक्कासी म तिर कचौरा समाएको एक हात बढायो । अर्को हात धारे पार्दै केही झुकेर अभिवादन ग¥र्यो । कचौरामा सयका दुईचारओटा नोट थिए । म अचम्मित हुँदै उसलाई हेरेँ । उसले पनि मलाई हेरिरह्यो ।
उसका नचलेका ओठले भनिरहेको थियो, “हजुर, तारे होटलको बसाइ, त्यहाँको महँगो खाना के गर्नु बाँच्नु प¥यो, आम्दानीको बाटो छैन जसरी पनि टिक्नै प¥यो, केही दान गर्नुहुन्छ कि ?”
उसलाई छलेर आफ्नो बाटो लाग्दै मेरा पनि नचलेका ओठले भन्यो, “तिमी जस्ता सुकिला माग्नेलाई दान दिने म दानवीर हैन ।”
२०८१।०७।०२
सानाेठिमी भक्तपुर