दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने
काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत वर्ष त्रिभुवन विश्वविद्यालयको उपकुलपति मेरिटोक्रेसीबाट गर्ने भन्दै समिति बनाए। तत्कालीन शिक्षामन्त्री अशोक राई नेतृत्वमा समिति बनाइयो। उनी चित्रबहादुर बुढाथोकीलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन चाहन्थे। राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले बुढाथोकीलाई सबैभन्दा बढी अंक दिई सिफारिश गरेको थियो।
तर, प्रचण्डले प्राडा केशरजङ्ग बराल त्रिविको उपकुलपति बनाइयो। त्रिवि उपकुलपति खुल्ला प्रतिष्पर्धाबाट छनोट गर्ने बताए पनि नियुक्ति भने आफूनिकट प्राध्यापकलाई नै गरेपछि तीव्र आलोचना भयो। अहिले प्रचण्ड सरकारमा छैनन्। प्रमुख प्रतिपक्षी दलका नेताका हैसितमा भाषण गर्दै भन्ने गर्छन, मेरिटोक्रेसीबाट नियुक्ति गरेको थिए।
प्रचण्डले सडकबाट सरकारको तीव्र आलोचना गरेपनि त्रिभुवन विश्वविद्यायको डिन र निर्देशक नियुक्तिमा भने भागवण्डा लिएका छन्। सत्तारुढ कांग्रेस र एमालेसँगै प्रतिपक्षी माओवादीबीच भागबन्डा भएको हो। हुन् त मेरिटको आधारमा नियुक्ति गर्ने भन्दै समिति बनाइएको थियो। नियुक्ति भने कार्यकारी परिषद्ले भागबन्डाका आधारमा गरेको हो। ८ जना डिन र ३ जना निर्देशक नियुक्त गर्दा कांग्रेसको भागमा तीन, एमाले र माओवादी केन्द्रको भागमा दुई–दुई जना नियुक्त भएका छन्।
माओवादीबाट मानविकी तथा सामाजिकशास्त्रमा प्राडा द्विविनन्द ढकाल र कृषि र पशु विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक किशोरचन्द्र दाहाल डिन नियुक्त भएका छन्।त्यस्तै, कांग्रेसबाट व्यवस्थापन संकायको डिनमा प्राडा महानन्द चालिसे, वन विज्ञान अध्ययन संस्थान सहप्राध्यापक ठाकुर सिलवाल र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्राडा शंकर खनाल नियुक्त भए। त्यस्तै, एमालेबाट इन्जिनियरिङ अध्ययन संस्थानमा प्राडा सुशीलबहादुर ब्रर्जाचार्य र शिक्षाशास्त्र संकायमा प्राडा बेदराज आचार्य डिन नियुक्ति पाएका छन्।
चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा भने प्राडा मोहोनराज शर्माको नाममा राष्ट्रिय सहमति जुटेको छ। त्यति मात्र होइन तीन जना निर्देशकमा पनि भागवण्डा गरिएको छ। कांग्रेसबाट व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्राडा मीना राजभण्डारी निर्देशक बनेकी छन्।त्यस्तै, एमालेबाट शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा सहप्राध्यापक राजेन्द्र कुँवर निर्देशक भएका छन्। माओवादीबाट योजना निर्देशनालयको निर्देशकमा लक्ष्मीकान्त शर्मालाई नियुक्ति गरियो।
त्रिविमा नियुक्ति प्रक्रिया पेचिलो बनेपछि प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले समेत पुस ७ गतेसम्म नियुक्ति गर्न उपकुलपति केशरजंग बराललाई निर्देशन दिएका थिए।उपकुलति, रेक्टर, रजिष्ट्रार पद भागवण्डा गरेर लिने अभ्यासको सुरुवात २०६२,०६३ भएको थियो। त्यसयता कांग्रेस, एमाले, माओवादीले भागवन्डा गरेरै पद बाँडने गरेका छन्। यसअघि एमाले कोटाबाट धर्मकान्त बास्कोटा उपकुलपति हुँदा एमालेलाई ५ तथा कांग्रेस र माओवादीले २, २ डिन भागवन्डा गरिएको थियो ।
बाँस्कोटा अघि कांग्रेसको कोटामा तीर्थ खनियाँ उपकुलपति भएका थिए। त्यतिखेर पनि एमाले कोटामा रजिष्ट्रार र माओवादी कोटामा रेक्टर थिए। -बर्णनमिडिया