सत्ता केन्द्रित हुँदा कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्यो : प्रचण्ड
अपराधी जुनसुकै बेला कानुनी दायरामा आउँछन् : महानिरीक्षक कार्की
दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
भक्तपुर । झाैखेलकाे यापी भैरव क्लबले प्रथम चाँगुनारायण नगरपालिका कप फुटसल प्रतियोगिताको उपाधि हासिल गरेको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. ३ झाैखेलकाे झाैखृल युवा क्लबले आयोजना गरेको नगर स्तरीय खुला फुटसल प्रतियोगितामा झाैखेलकै सो क्लबले उपाधि हासिल गरेको हो ।
आयोजक क्लबले चाँगुनारायण नगरपालिका वडा नं. २ फैढोका फुटसलमा गरेको प्रतियोगितामा यापी भैरव क्लब र माउन्ट एभरेस्ट क्लबबिच खेल भएको थियो ।
खेलमा यापीभैरब क्लबले माउन्ट एभरेस्ट क्लबलाई ५–० गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा विजयी यापी भैरव क्लबले शिल्ड, मेडल सहित १ लाख रुपैयाँ नगद पुरस्कार पायो भने उपविजेता माउन्ट एभरेस्ट क्लबले ५० हजार रुपैयाँमै चित्त बुझाएको थियो ।
स्पर्धामा उत्कृष्ट खेलाडीका रूपमा यापी भैरव क्लबका सुमन दाहाल चुनिए भने सर्वोत्कृष्ट गोलरक्षक पनि यापी भैरव क्लबबाटै पूजन थुया घोषित भएका थिए ।
स्पर्धामा विजयी खेलाडीहरूलाई भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेस जिल्ला सभापति दुर्लभ थापा, बागमती प्रदेश संसद् सुरेश श्रेष्ठ, नगरप्रमुख जीवन खत्री, पूर्व प्रदेश मन्त्री कृष्णलाल भड़ेल, नेपाली काँग्रेस चाँगु नगर सभापति शिवहरि केसी लगायतले खेलाडीहरूलाई बधाई दिँदै पुरस्कृत गरेका थिए ।
सो प्रतियोगितामा कूल १२ टोलीको सहभागिता रहेको आयोजक क्लबले जनाएको छ ।