नयाँ राजनीतिक समिकरण र यसका सम्भावित प्रभाव
सरकार र जेन–जी बिचको सम्झौताको अन्तर्य
नेपालमा कृषिको ब्यबसायिकरणका चुनौतिहरु
एमाले महाधिवेशनको सन्देशः नयाँ ऊर्जा कि पुरानै ढाँचा ?
माजोङको चमक पाँचौं पटक दिल्लीमा : नेपाली क्यासिनोको अन्तर्राष्ट्रिय पहिचान
तिहारमा उपत्यकामा ६,१०६ प्रहरी परिचालन : Dog Sniffing सहितको विशेष सुरक्षा योजना लागू
चाँगुनारायण मन्दिर
कांग्रेसले कार्यवाहक नदिने, विशेष महाधिवेशन पनि नगर्ने
भक्तपुर । झाैखेलकाे यापी भैरव क्लबले प्रथम चाँगुनारायण नगरपालिका कप फुटसल प्रतियोगिताको उपाधि हासिल गरेको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. ३ झाैखेलकाे झाैखृल युवा क्लबले आयोजना गरेको नगर स्तरीय खुला फुटसल प्रतियोगितामा झाैखेलकै सो क्लबले उपाधि हासिल गरेको हो ।
आयोजक क्लबले चाँगुनारायण नगरपालिका वडा नं. २ फैढोका फुटसलमा गरेको प्रतियोगितामा यापी भैरव क्लब र माउन्ट एभरेस्ट क्लबबिच खेल भएको थियो ।
खेलमा यापीभैरब क्लबले माउन्ट एभरेस्ट क्लबलाई ५–० गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा विजयी यापी भैरव क्लबले शिल्ड, मेडल सहित १ लाख रुपैयाँ नगद पुरस्कार पायो भने उपविजेता माउन्ट एभरेस्ट क्लबले ५० हजार रुपैयाँमै चित्त बुझाएको थियो ।
स्पर्धामा उत्कृष्ट खेलाडीका रूपमा यापी भैरव क्लबका सुमन दाहाल चुनिए भने सर्वोत्कृष्ट गोलरक्षक पनि यापी भैरव क्लबबाटै पूजन थुया घोषित भएका थिए ।
स्पर्धामा विजयी खेलाडीहरूलाई भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेस जिल्ला सभापति दुर्लभ थापा, बागमती प्रदेश संसद् सुरेश श्रेष्ठ, नगरप्रमुख जीवन खत्री, पूर्व प्रदेश मन्त्री कृष्णलाल भड़ेल, नेपाली काँग्रेस चाँगु नगर सभापति शिवहरि केसी लगायतले खेलाडीहरूलाई बधाई दिँदै पुरस्कृत गरेका थिए ।
सो प्रतियोगितामा कूल १२ टोलीको सहभागिता रहेको आयोजक क्लबले जनाएको छ ।