सत्ता केन्द्रित हुँदा कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्यो : प्रचण्ड
अपराधी जुनसुकै बेला कानुनी दायरामा आउँछन् : महानिरीक्षक कार्की
दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
काठमाडौं, ७ भदौ । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जाने र सरकार परिवर्तन गर्ने राजनीतिमा बढी केन्द्रित हुँदा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको स्वीकार गरेका छन्।
‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक कार्यक्रममा बोल्दै उनले सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर आन्दोलन र संघर्षमा केन्द्रित हुनुपर्ने बताए।
प्रचण्डले सहकार्यको उद्देश्य सरकारमा जानु मात्र नभई कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनु र नयाँ आन्दोलनको आधार तयार गर्नु हुनुपर्नेमा जोड दिए। उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय तथा श्रमजीवी जनताको मुद्दामा आधारित संघर्षबाट मात्र वास्तविक रूपान्तरण सम्भव हुने उनको भनाइ थियो।
विगतका सहकार्य र एकताबाट शिक्षा लिँदै कमजोरी नदोहोर्याउने गरी रणनीतिक रूपमा अघि बढ्न उनले वामपन्थी दलहरूलाई आग्रह गरे।