अपराधी जुनसुकै बेला कानुनी दायरामा आउँछन् : महानिरीक्षक कार्की

जनसंकेत डटकम 2026-08-23
img

काठमाडौं, ७ भदौ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विगतमा भएका आपराधिक घटनालाई नेपाल प्रहरीले ‘इन्स्टिच्युसनल मेमोरी’ मा सुरक्षित राख्ने भएकाले अपराधमा संलग्न व्यक्ति जुनसुकै बेला कानुनी दायरामा आउन सक्ने बताएका छन्।

उनले पुराना चर्चित तथा जघन्य अपराधको अनुसन्धान विशेष टोली र केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत निरन्तर भइरहेको जानकारी दिए।

महानिरीक्षक कार्कीले प्रविधि र आर्थिक अपराध बढ्दै गएकाले अनुसन्धानका लागि दक्ष जनशक्ति आवश्यक रहेको बताए। साथै, आधुनिक प्रविधिमैत्री प्रहरी सेवा विस्तार गरी नागरिकले घरबाटै आवेदन तथा निवेदन दिन सक्ने प्रणाली विकास गरिएको उल्लेख गरे।

अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) तथा विभिन्न देशका प्रहरी संगठनसँग समन्वय भइरहेको बताउँदै उनले शान्ति, सुव्यवस्था र नागरिक सुरक्षाका लागि आमनागरिकको सहयोग आवश्यक रहेको बताए।

Related Post

Advertisement