नयाँ राजनीतिक समिकरण र यसका सम्भावित प्रभाव
सरकार र जेन–जी बिचको सम्झौताको अन्तर्य
नेपालमा कृषिको ब्यबसायिकरणका चुनौतिहरु
एमाले महाधिवेशनको सन्देशः नयाँ ऊर्जा कि पुरानै ढाँचा ?
माजोङको चमक पाँचौं पटक दिल्लीमा : नेपाली क्यासिनोको अन्तर्राष्ट्रिय पहिचान
तिहारमा उपत्यकामा ६,१०६ प्रहरी परिचालन : Dog Sniffing सहितको विशेष सुरक्षा योजना लागू
चाँगुनारायण मन्दिर
कांग्रेसले कार्यवाहक नदिने, विशेष महाधिवेशन पनि नगर्ने
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले भ्रष्टाचारीलाई बचाउने गरेको आरोप लगाएका छन् ।
प्रेस सेन्टर सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले वर्तमान सरकार आफ्ना र भ्रष्टचारीलाई बचाउने काम गरेको आरोप लगाएका हुन् ।यो गठबन्धनको सरकार बनेको बेला आफूले भनेको कुरा अहिले सावित हुँदै गएको प्रचण्डको भनाइ छ ।
आफू सरकारमा जाने विषयमा अहिले नै केही नसोचेको उनले बताए । ‘सरकारप्रति आफूहरूको कुनै रुचि छैन,’ उनले भने, ‘वर्तमान सरकार अवैध तरिकाले बनेकोले धेरै टाढा जाँदैन ।’
अहिलेको सरकारले राम्रो काम गर्नेलाई तारो बनाएर हटाउन खोजेको उनको भनाइ छ ।