दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने
काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार
काठमाडौँ- सत्ता साझेदार दलहरू नेपाली काँग्रेस तथा नेकपा एमालेबीच गहन छलफल र अध्ययनपछि अध्यादेश जारी गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।
बुधबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले काँग्रेस-एमाले, उद्योगी व्यवसायीसँग गहन छलफल गरेर अध्यादेश ल्याइएको बताएका हुन्।
ओलीले जारी भएको अध्यादेशले समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षालाई छिटै पूरा गर्न दत्तचित्त भएको सन्देश दिएको दाबी गरे।
उनले अत्यन्त जरुरी भएका २९ वटा कानुन संशोधन गरेर मन्त्रिपरिषद्ले सिफारिस गरेको र राष्ट्रपतिले जारी गरेको बताए।
‘अहिलेको सरकार जनतालाई सेवा प्रवाह गर्नेदेखि लिएर सुशासनका पक्षलाई सुदृढ गतिशील प्रभावकारी बनाउने, सुशासनका सबै पक्षमा ध्यान दिने, विकासका कामलाई अघि बढाउने र समृद्ध नेपाल, सुखी नेपालको आकांक्षा छिटो पूरा गर्न दत्तचित्त छ भन्ने सन्देश दिएको छ,’ ओलीले पत्रकार सम्मेलनमा भने।
उनले भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिले जारी नगर्नुलाई अध्यादेश रोकियो भन्ने शब्द नै नमिल्ने बताए। ‘एकपटक नपढीकन राष्ट्रपतिले जारी गनुपर्छ भन्ने छैन । उहाँले अध्ययन गर्नुहुन्छ । अध्ययन गर्न लगाउनुपर्छ । भूमिसम्बन्धी अध्यादेश रोकियो भन्ने शब्द मिलेन अपव्याख्या हो,’ ओलीले भने ।
राष्ट्रपति पौडेलले भने ओलीको पत्रकार सम्मेलन भइरहँदा पनि उक्त अध्यादेश जारी गरेका थिएनन्। बुधबार ढिलोगरी राष्ट्रपति पौडेलले सो अध्यादेश जारी गरेका हुन्। उनले कांग्रेसका सभापति शेरबहादुर देउवाको नक्कली हस्ताक्षर गरेर सत्य तोडमोड गर्ने काम भएको पनि दाबी गरे।