दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने
काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार
भक्तपुर । चाँगुनारायण नगरपालिकाको आयोजनामा भएको बागमती प्रदेश स्तरीय धिमय् बाजा प्रतियोगिताको उपाधि ताथली धिमे खलले जितेको छ ।
नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा प्रथम हुने ताथली धिमय् खललाई नगद रू. ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमय् बाजा, २ थान भुछ्या र सिछ्या प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल ताथलीको बैकाभु गणेश सांस्कृतिक खलले नगद २५,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान, सिछ्या १ थान पुरस्कारको रूपमा पाएको थियो ।
१०,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान सहित तृतीय स्थान भने भक्तपुरको निओ फ्युजन बाजा समूहले प्राप्त गरेको थियो ।
चौथो स्थान भने बनेपा काभ्रेको देउला बाँसुरी बाजा खलले हात पारेको थियो । उक्त खललाई पाँच हजार नगद पुरस्कार शिल्ड र एक थान धिमय् बाजा प्राप्त गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा पाँचौँ बनेपाको वान्ख्यो डाफा भजन खलले हात पारेको थियो तथा निर्णायकको छनोटमा परेको उक्त खललाई धिमय् बाजा पनि प्रदान गरिएको थियो ,छैंठौं लायकु धिमय् खल पनौती ,सातौँ मध्यपुर थिमीको सिवा सायमी खल,तलेजु बाजा खल लुभुले आठौँ,नबैं स्थानमा काठमाडौँको बालकुमारी धिमय् खल र दसौँ ताथलीको सौडोल सांस्कृतिक बाजा खल भएको थियो ।
उनीहरूलाई भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, चाँगुनारायण नगरपालिका वडा नं २ का वडा अध्यक्ष साेम प्रधान, ५ का जयन्द्र खड्का, वडा नं. ८ का वडा अध्यक्ष जनक खत्री, वडा नं. ९ का वडा अध्यक्ष एवम् कार्यक्रम संयाेजक गणेश त्यात लगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नगरपालिकाले संस्कृतिलाई उत्थान गर्न आयोजना गरेको प्रतियोगिता सराहनीय भएको बताउनुभयो । उहाँले नगरपालिकालाई पर्यटकीय नगरको रूपमा विकास गर्न यो कोषे ढुगाको रूपमा प्रस्तुत हुने उहाँले बताउनुभएको थियो ।