माओबादी केन्द्रिय समितिको बैठक शुरु ,तत्काल पार्टीको विशेष महाधिवेशन बोलाउन प्रदेश अध्यक्षहरुको दबाब

जनसंकेत डटकम 2025-01-05
img

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रदेश अध्यक्षहरुले तत्काल विशेष महाधिवेशन बोलाउन दबाब दिएका छन् ।  बैठकमा आफ्नो रिपोर्टिङ प्रस्तुत गर्दै प्रदेश अध्यक्षहरुले तत्काल विशेष महाधिवेशन बोलाउनुपर्ने तत्लो तहबाट सुझाव आएको भन्दै नेतृत्वलाई दबाब दिएका हुन् । 

यस्तै पार्टीभित्रको आन्तरिक विवाद केन्द्रीय समितिबाट नभई महाधिवेशनबाट हल गर्न पनि उनीहरुको सुझाव छ । राजधानीमा जारी बैठकको पहिलो दिन ७ वटा भूगोल, उपत्यका विशेष र सम्पर्क प्रदेशको रिपोर्टिङ सकिएको छ भने प्रवास प्रदेशको जारी रहेको माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । प्रदेशको रिपोर्टिङ सकिएपछि अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

यस अघि पार्टीको स्थायी कमिटिको बैठकले केन्द्रिय कमिटिको बैठकको एजेन्डा तय गरेको थियो।  बैठक  ४ दिन सम्म चल्ने बताइएको छ । 

Related Post

Advertisement