दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने
काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार
भक्तपुर। नेपाल आयल निगम लिमिटेडले एकैसाथ पाँचवटा ठूला परियोजनाको काम अघि बढाएको छ । निगमले पेट्रोलियम पदार्थको भण्डारण र बिक्रि वितरण सहज र भरपर्दो बनाउन दुईवटा पाइपलाईन र तीनवटा डिपोहरुलाई स्थानान्तरण गर्ने भएको हो । निगमले सिलिगुडी–चारआली र अम्लेखगञ्ज लोथर पाइपलाईन निर्माण कार्य अघि बढाएको छ ।
स्थानान्तरण हुने तीन डिपोहरुमा काठमाडौंको सिनामंगलस्थित हवाई इन्धन डिपो, रुपन्देहीको भलबारी र सुदुरपश्चिमको धनगढीमा रहेका डिपोहरु रहेका छन् । सुरुमा काठमाडौंको सिनामंगलस्थित हालको हवाई इन्धन डिपोको प्रसंग /
त्रिभुवन विमानस्थल विस्तार गुरुयोजनाअन्तर्गत ‘ट्याक्सी वे’मा परेकाले यस डिपोलाई गुह्येश्वरी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । यो डिपो गुहेश्वरीमा सार्न किन आवश्यक छ ? नेपाल आयल निगमका उपनिर्देशक तथा निगमको ‘भण्डारण क्षमता वृद्धि परियोजना’का प्रमुख प्रदीप यादवको भनाई यस्तो छ –स्थानान्तरण को ३ वटा कारणहरु रहेका छन् । पहिलो , सुरक्षाका मापदण्डहरु बढ्दै जानु । दोश्रो , हालका दिनमा भण्डारण क्षमता कम हुदै जानु र तेस्रो , बिमानस्थलको 'ट्याक्सी वे' धावन मार्गबाट नजिक हुनु ( १७२.५ मिटर हुनु पर्ने मा हाल ९० मि मात्रै रहेको )