नयाँ राजनीतिक समिकरण र यसका सम्भावित प्रभाव
सरकार र जेन–जी बिचको सम्झौताको अन्तर्य
नेपालमा कृषिको ब्यबसायिकरणका चुनौतिहरु
एमाले महाधिवेशनको सन्देशः नयाँ ऊर्जा कि पुरानै ढाँचा ?
माजोङको चमक पाँचौं पटक दिल्लीमा : नेपाली क्यासिनोको अन्तर्राष्ट्रिय पहिचान
तिहारमा उपत्यकामा ६,१०६ प्रहरी परिचालन : Dog Sniffing सहितको विशेष सुरक्षा योजना लागू
चाँगुनारायण मन्दिर
कांग्रेसले कार्यवाहक नदिने, विशेष महाधिवेशन पनि नगर्ने
भक्तपुर। नेपाल आयल निगम लिमिटेडले एकैसाथ पाँचवटा ठूला परियोजनाको काम अघि बढाएको छ । निगमले पेट्रोलियम पदार्थको भण्डारण र बिक्रि वितरण सहज र भरपर्दो बनाउन दुईवटा पाइपलाईन र तीनवटा डिपोहरुलाई स्थानान्तरण गर्ने भएको हो । निगमले सिलिगुडी–चारआली र अम्लेखगञ्ज लोथर पाइपलाईन निर्माण कार्य अघि बढाएको छ ।
स्थानान्तरण हुने तीन डिपोहरुमा काठमाडौंको सिनामंगलस्थित हवाई इन्धन डिपो, रुपन्देहीको भलबारी र सुदुरपश्चिमको धनगढीमा रहेका डिपोहरु रहेका छन् । सुरुमा काठमाडौंको सिनामंगलस्थित हालको हवाई इन्धन डिपोको प्रसंग /
त्रिभुवन विमानस्थल विस्तार गुरुयोजनाअन्तर्गत ‘ट्याक्सी वे’मा परेकाले यस डिपोलाई गुह्येश्वरी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । यो डिपो गुहेश्वरीमा सार्न किन आवश्यक छ ? नेपाल आयल निगमका उपनिर्देशक तथा निगमको ‘भण्डारण क्षमता वृद्धि परियोजना’का प्रमुख प्रदीप यादवको भनाई यस्तो छ –स्थानान्तरण को ३ वटा कारणहरु रहेका छन् । पहिलो , सुरक्षाका मापदण्डहरु बढ्दै जानु । दोश्रो , हालका दिनमा भण्डारण क्षमता कम हुदै जानु र तेस्रो , बिमानस्थलको 'ट्याक्सी वे' धावन मार्गबाट नजिक हुनु ( १७२.५ मिटर हुनु पर्ने मा हाल ९० मि मात्रै रहेको )