नयाँ राजनीतिक समिकरण र यसका सम्भावित प्रभाव
सरकार र जेन–जी बिचको सम्झौताको अन्तर्य
नेपालमा कृषिको ब्यबसायिकरणका चुनौतिहरु
एमाले महाधिवेशनको सन्देशः नयाँ ऊर्जा कि पुरानै ढाँचा ?
माजोङको चमक पाँचौं पटक दिल्लीमा : नेपाली क्यासिनोको अन्तर्राष्ट्रिय पहिचान
तिहारमा उपत्यकामा ६,१०६ प्रहरी परिचालन : Dog Sniffing सहितको विशेष सुरक्षा योजना लागू
चाँगुनारायण मन्दिर
कांग्रेसले कार्यवाहक नदिने, विशेष महाधिवेशन पनि नगर्ने
झापा- दमक नगरपालिका-१० सेतुमारी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
चालकसहित तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार जिल्ला झापा गौरादह नगरपालिका-५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया ओमकुमारी राई रहेका छन् ।
यसैगरी मोटरसाइकल चालक जिल्ला मोरङ रतुमाई नगरपालिका-८ का २७ वर्षीय विराज थापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रनाउ चन्दले बताउनुभयो । मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।