२०८० फाल्गुन १० गते बिहिवार | 2024 February 22nd Thursday

जिफण्टका केन्द्रीय उपाध्यक्षसहित सयौं नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश 

काठमाडौँ। विभिन्न मजदुर संगठन परित्याग गरी एक दर्जनभन्दा धेरै नेता कार्यकर्ताहरू नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ।

शनिबार नेपाल स्वतन्त्र होटल मजदुर युनियन (जिफण्ट) केन्द्रीय कमिटी उपाध्यक्ष मनमोहन गायक, केन्द्रीय सदस्यहरू रिता राणा, माया लामिछाने, पोखरा ग्रयाण्ड नेस्वोहोमयुबाट कालुसिंह बिक, देवराज घिमिरे, रामचन्द्र आचार्यलगायत विभिन्न होटलबाट सयौं श्रमिक एकीकृत ट्रेड युनियन महासंघ नेपालमा प्रवेश गर्नु भएको छ। 

त्यसैगरी नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनबाट पिन्टु गुप्ता लगायतका साथीहरु निर्माण युनियनबाट सुजन गुरुङ लगायतका १ दर्जन साथीहरू पनि हाम्रो सङगठ्नमा प्रवेश गर्नु भएको छ।

एकीकृत ट्रेड युनियन महासंघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष तीलबहादुर विश्वकर्माकाअनुसार संगठनका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद लम्सालले नव प्रवेशीलाई पार्टीमा स्वागत गर्नुभएको हो। 

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस