२०८० फाल्गुन ९ गते बुधवार | 2024 February 21st Wednesday

मध्यपुरथिमी नगरपालिका वार्ड नम्बर ३ ले विभिन्न तालिमका कार्यक्रमहरु संचालन गर्ने

भक्तपुर। मध्यपुर थिमी नगरपालिका वार्ड नम्बर ३ ले मध्यपुर थिमी नगरपालिकाको बिनियोजन ऐन २०८० को ३ नम्बर वार्ड बजेट बाट युवा तथा लक्षित बर्गको सिप तथा क्षमता विकास गर्ने उदेश्यले सूचना निस्कासन गरेको थियो । उक्त सुचनाको आधारमा ३ नम्बर वार्ड अन्तर्गतका संघ सस्थाहरुले बिबिध कार्यक्रमका प्रस्ताब हरु पेश गरेका थिए।

कार्यक्रम प्रस्ताबका आधारमा ७ वटा सस्थाका प्रस्ताबहरु स्वीकृत भएको निमित्त वार्ड सचिब रबिन पौडेल ले जानकारी दिनुभयो । स्वीकृत कार्यक्रम हरु मा अचार बनाउने तालिम, महिला किशोर किशोरीहरु को मनोसामाजिक स्वास्थ , प्रजनन स्वास्थ सम्बन्धि सचेतना कार्यक्रम , कुसन बनाउने तालिम, एच .आइ .भी तथा एड्स बिरुद्द सचेतना कार्यक्रम , ब्यबसायिक योजना निर्माण तालिम, मेहन्दी, नेल आर्ट , मेनिकियर, पेनिकियर तालिम, उद्घोषण तालिम संचालन हुन् लागेको जानकारी वार्ड कार्यालयले दिएको छ।

तालिम का कार्यक्रम हरु धमाधम सचालन हुदै छ। ए.एस .आर. मिडिया एण्ड रिसर्च प्रा.लि. ले ब्यबसायिक योजना निर्माण तालिम अन्नपुर्ण बहुमुखी सहकारी सस्थाको सभा हलमा सचालन हुने जानकारी ए.एस .आर. मिडिया एण्ड रिसर्च प्रा.लि.का अध्यक्ष शिबहरि खनालले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २०८० माघ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस