२०८० फाल्गुन १० गते बिहिवार | 2024 February 22nd Thursday

बाल अस्पताललाई सदभाव युवा समाजले गर्यो ३ लाख ७५ हजार सहयोग

काठमाण्डौं । कर्तब्य निर्वाह गरि  असल  काम  गर्नु नै धर्म हो , यहि भनाईलाई अनुशरण गर्दै सद्भाव युवा समाज, नेपाल र कतारले संयुत रुपमा डा। भगवान कोइरालले बनाउदै गरेको बाल अस्पतालको लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।

शुक्रबार संस्थामा नेपाल र कतारका प्रतिनिधिहरुको संयुक्त टोलीले डा। कोइरालालाईसँग भेटी  काठमाण्डौंको बाँसबारीमा निर्माणधिन अवस्थामा रहेको बाल अस्पतालको लागि रु ३ लाख ७५ हजार १ सय रुपैया सहयोग हस्तान्तरण गरेका छन् ।बरिष्ठ मुटु रोग विशेषज्ञ रहेका डा। भगवान कोइरालाले देशै भरि बालबाललिकालाई सर्बसुलभ स्वास्थ्य उपचार गराउनको लागि अस्पताल निर्माण कार्य गरिरहनु भएको छ र यसै पबित्र कार्य मा सहयोग पुगोस भन्ने हेतुले  यो सहयोग उपलब्ध गराएको बताइएको छ । 

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस