२०८० फाल्गुन १० गते बिहिवार | 2024 February 22nd Thursday

रुपान्तरण अभियान कार्यक्रम समापन

भक्तपुर। नेकपा (माओबादी केन्द्र)बाट संचालनमा ल्याईएको जन जनमा माओबादी घर घर मा माओबादी, विशेष रुपान्तरण अभियानको समापनको कार्यक्रम राष्ट्रिय नाचघर जमलमा सम्पन्न भयो । समापन कार्यक्रमलाई नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री तथा नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड )ले सम्बोधन गर्नु भएको थियो । उहाले रुपान्तरण अभियान तुलानात्मनरुपमा सफल भएको र सहभागी सबैलाई धन्यबाद दिनुभयो । नेकपा (माओबादी केन्द्र)का प्रमुख नेताहरु, पुर्व सभामुख अग्नि सापकोटा, पुर्व, उर्जा तथा गृह मन्त्री माननीय जनार्दन शर्मा, पुर्व उर्जा तथा अर्थ मन्त्री माननीय बर्षमान पुन, पुर्व भुमिसुधार मन्त्री शशी श्रेष्ठ, पुर्व सभामुख ओनसरी घर्ती मगर, पुर्व शिक्षा मन्त्री गिरिराज मणि पोखरेल बागमती प्रदेश अध्यक्ष माननीय सरल सहयात्री लगायतका नेतागणहरुको उपस्थिती रहेको थियो।

उक्त कार्यक्रममा मन्तब्य राख्नेक्रममा गिरिराजमणी पोखरेलले केन्द्रीय कमिटीको आकार घट्ने, जनताप्रती उत्तरदायी भएर काम गर्ने, अभियानको अन्त होईन, यो अभियानको शुरुवाट भएको बर्षभरी नयाँ ढगले सदश्यता अभियान अगाडी बढाउन कार्यकर्तालाई निर्देशन दिएका छन्।

साथै नेकपा माओवादी केन्द्रले गरेका सकारात्मक कामहरु हामीले जनतालाई बुझाउन नसकेको, जसको कारण गलत तत्वले हामीले गरेको कामको फाईदा लिएको माओबादी केन्द्र छाँयामा परेको जानकारी गराए। त्यसैले माओबादी केन्द्रले गरेका लोडसेडिङ अन्त देखि, भ्रष्टाचारिलाई कारवाही, लगायतका कुरा जनतामा पुर्याउन सम्पुर्ण नेता कार्यकर्ताहरु एकजुट भैइ पार्टी बनाउने अभियानमा लाग्न नेता कार्यकर्तालाई आब्हान गरे।

रुपान्तरण कार्यक्रममा पार्टी केद्रीय समिति, प्रदेस समिति र केन्द्रिय बिभाग का कमरेड हरु को उपस्थिति थियो ।कार्यक्रम पार्टीको बागमती प्रदेश , उपत्यका बिशेष प्रदेश र सम्पर्क समन्यव प्रदेश समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस