२०८० फाल्गुन १० गते बिहिवार | 2024 February 22nd Thursday

साङ्गितिक क्षेत्रका व्यक्तित्वहरुलाई क्षयरोग सम्बन्धी अभिमुखीकरण

भक्तपुर, २१ पुस, बाबुकाजी श्रेष्ठ । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरको आयोजनामा साङ्गितिक क्षेत्रका व्यक्तित्वहरुलाई क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।

संस्थाका सभापति पुष्पलाल तिमिलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा साङ्गितिक क्षेत्रका कलाकार, साहित्यकार, संगीतकार, गायकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाका उपसभापति सुरेश प्रधानले क्षयरोग सम्बन्धी जानकारीमुलक प्रशिक्षण दिनु भएको थियो ।

उक्त प्रशिक्षणमा प्रधानले क्षयरोगको मुख्य लक्षणहरु, समस्या–समाधान र निदानका उपायहरुबारे प्रकाश पार्नु भएको थियो ।

संस्थाका सहसचिव रत्नदेवी भैलःले कार्यक्रम संचालन गर्नु भएको उक्त अभिमुखीकरण कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय सदस्य महेन्द्रगोपाल कर्माचार्यको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रम राष्ट्रिय क्षयरोग निवारण केन्द्र अन्तर्गत “राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम” संचालन भइरहेको कार्यक्रम संयोजक शर्मिला शिल्पकारले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस