२०८० फाल्गुन ७ गते सोमवार | 2024 February 19th Monday

महोत्सव अवधीभर गौरीशंकर क्याम्पसमा भर्ना भएमा ५० प्रतिशत छुट

दोलखा । जिल्लाकाे गौरीशंकर बहुमुखी क्याम्पसले बृहत दोलखा महोत्सव अवधिभर क्याम्पस भर्ना भएमा ५० प्रतिशत छुट दिने भएको छ। दोलखा सदरमुकाम चरिकोटमा रहेको सो क्याम्पसले विद्यार्थीहरुलाइ छुट दिने भएको हो । क्याम्पसले दोलखा महोत्सवमा स्टल राखेको छ ।

महोत्सवमा राखिएको १ सय ५ नम्बर स्टलमा आएर भर्ना गर्न सकिने गौरीशंकर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शान्त केसिले बताउनुभयो ।

कक्षा ११, स्नातक तथा स्नातकोत्तर तहमा विद्यार्थी भर्ना चलिरहेको बताउनुहुदै केसिले विद्यार्थी भर्नामा सहयोग पुगोस भन्ने उदेश्यले भर्नामा छुट गरिएको केसिले बताउनुभयो ।

स्टलमा क्याम्पसको रिसर्च जर्नल लगायत विभिन्न प्रकाशन तथा पुस्तकहरु समेत राखिएको क्याम्पसले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस