२०८० फाल्गुन १० गते बिहिवार | 2024 February 22nd Thursday

नारायण भजन मण्डलको ५१ औं स्थापना दिवस

बाबुकाजी श्रेष्ठ । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ इनायटोल स्थित नारायण भजन मण्डलको ५१ औं स्थापना दिवस मनाएको छ ।

इण्द्रायणी मन्दिर परिसरमा भएको उक्त कार्यक्रममा नारायण भजन मण्डलका जेष्ठ सदस्यहरुलाई मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले दोसला ओढाई सम्मान गर्नु भएको थियो । सम्मानको क्रममा नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमि नगरभित्रका जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुपमा जेष्ठ नागरिक स्वास्थ्य विमालगायत सम्मान कार्यक्रम ल्याएको समरण गराउँदै नारायण भजन मण्डललाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मध्यपुर थिमि वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण पात्या श्रेष्ठले कार्यक्रम संचालन गरिएको कार्यक्रममा सम्मानित हुनुहुने जेष्ठ सदस्यहरुमा ज्ञानकुमार साःछे“ श्रेष्ठ, सत्यनारायण जोशी, लक्ष्मीकुमार साःछेँ श्रेष्ठ, सूर्यप्रसाद भाराग्वारा श्रेष्ठ र बद्री चक्रधर रहेका छन् ।

बि.सं. २०३० साल विवाहपञ्चमी कै दिन स्थापन भएको नारायण भजन मण्डलले आजसम्म विहान–बेलुका भजन गर्दै आइरहेको छ । प्रत्येक वर्षको अक्षयतृत्याको दिन सामुहिक बेल–विवाहको कार्यक्रम पनि निरन्तर गर्दै आइरहेको भजन मण्डलका सदस्य विद्याराम श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा नारायण मन्दिरका मुल पुजारी विकास राजोपाध्याय, भजन गुरु हरिकृष्ण भाग्यः श्रेष्ठलगायत गण्यमान्यहरु सहभागी रहेको थियो ।

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस