२०८० असोज १० गते बुधवार | 2023 September 27th Wednesday

आज नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्था बन्द गर्ने

काठमाडौंः आज नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्था बन्द गर्ने भएको छ । हेटौँडामा चिकित्सक कुटिए पछि सोको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने भएको हो ।

संघले हिजो एक विज्ञप्ति जारी गर्दै मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणबद्ध आन्दोलन थालिएको संघको भनाइ छ । संघका अनुसार गत भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा साङ्घातिक आक्रमण भएको संघले उल्लेख गरेको छ ।

सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको तर दोषी माथि अझै कारबाही नगरिएको भन्दै संघले आज आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्दको कार्यक्रम राखेको हो । संघले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग अगाडी सारेको छ ।

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस