आज देखि तिज पर्व सुरु, पहिलो दिन दर खाने

काठमाडौंः आज देखि तिज पर्व सुरु भएको छ । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिन आज दर खाने चलन रहेको छ ।
हरितालिका तीजमा बेस्सरी नाँच गान गर्नका लागि आज राती १२ बजे अघि नै महिलाहरुले दर खाने गर्दछन् । आज राती मिठा मिठा परिकार बनाएर खाने चलन रहेको छ । अझ माइती पुगेकी चेलीलाई आमाबुवा दाजुभाईले खीर, काक्रोसहित फलफूलहरु खुवाउने चलन छ ।
त्यसपछि भोलिबाट सुरु हुने हरितालिका तीजका लागि निराहर ब्रत बस्ने चलन रहँदै आएको छ ।
प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार