२०८० असोज ७ गते आइतवार | 2023 September 24th Sunday

काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन

काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारको क्रममा  निधन भएको कांग्रेस नेता सुशील भट्टले बताए । रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस काठमाडौं – ७ का क्षेत्रीय सभापति हुन् ।

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस