सहकारीकर्मी श्रेष्ठ सम्मानित

काभ्रेपलान्चोक। कैलाशभक्त प्रधानाग सहकारी विशेष पुरस्कार बाट सहकारीकर्मी रमेशकाजी श्रेष्ठ सम्मानित भएका छन् । सहकारी अभियानका गुरुको उपमा पाएका प्रधानागको ८५ औं जन्म दिनको अवसरमा श्रेष्ठ लाई ५५ हजार ५५५ राशीको पुरस्कार प्रदान गरिएको हो ।
पुर्व संघीय सांसद घनश्याम खतिवडाले सक्षम बचत तथा ऋण सहकारी संस्था बनेपाका संचालक समितिका अध्यक्ष समेत रहेका श्रेष्ठ लाई प्रसंशा पत्र सहित पुरस्कार प्रदान गरिएको थियो ।
प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार