२०८० फाल्गुन १० गते बिहिवार | 2024 February 22nd Thursday

नेकपा (एकीकृत समाजवादी) सुर्यविनायक नगरको कार्यकर्ता प्रशिक्षण सम्पन्न

भक्तपुर । नेकपा ( एकीकृत समाजवादी ) सुर्यविनायक नगरको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न सम्पन्न भएको छ । नगर कमिटीको आयोजनामा शनिबार सम्पन्न अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) का स्थाई कमिटी सदस्य एबम बागमती प्रदेश कमिटीका अध्यक्ष क. साबित्रा भुषालले उद्घाटन गर्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा अध्यक्ष भुषालले वर्तमान राजनैतिक परिप्रेक्ष्य र हाम्रो भूमिका, पार्टीका पोलिटब्युरो सदस्य एबम बागमती प्रदेशसभा सदस्य माननीय डा. राजेन्द्रमान श्रेष्ठले कम्युनिस्ट आन्दोलन बिगत र वर्तमान तथा पार्टीका केन्द्रीय अनुशासन आयोगका सचिब डा. बालचन्द्र मिश्रले पार्टी सञ्चालन तथा व्यवस्थापन, कार्यकर्ता परिचालन, पार्टी निर्माणलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा पार्टीको संगठन सुदृढीकरण अभियान अनतर्गत नगरका ९ वटै वडाको अधिबेशन सम्पन्न पश्चात नवगठित कमिटीका पदाधिकारी एबम अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० बैशाख २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस