२०७९ माघ १६ गते सोमवार | 2023 January 30th Monday

करिब १० गुणा मत ल्याएर नेमकिपाका गोसाई निर्वाचित

भक्तपुर I भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नं. १ भक्तपुर नगर क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार सुरेन्द्रराज गोसाई अत्याधिक धेरै मतको अन्तरले विजयी बनेका छन् । उनी करिब १० गुणा बढी मतले बिजयी बनेका हुन् ।

पार्टीको जिल्ला अध्यक्ष समेत रहेका गोसाईंले निकटतम प्रतिष्पर्धी भन्दा करिब १० गुणा बढी मत ल्याएका मुख्य निवाच्क्क्षन अधिकृतको कार्यालयले जनाएको छ । बिहीवार सम्पन्न अन्तिम मतगणनाको नतिजा अनुसार गोसाईले २९ हजार ७ सय ४ मत प्राप्त गरेका छन्।

उनका निकटत्तम प्रतिष्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका पवन भुजुले ३ हजार १ सय ६१ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार नारायणसुन्दर सिन्तकलाले २ हजार ४ सय २८, राप्रपाका रोशन नापितले १ हजार ९ सय ५ मत प्राप्त गरेका बताइएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १० गते शनिवार
प्रतिक्रिया दिनुहोस