२०८० चैत्र १५ गते बिहिवार | 2024 March 28th Thursday

घरदैलोमा स्वतन्त्र उम्मेदवार, जनतामा उत्साह

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्वर १ को प्रदेश नं. (२) प्रदेशमा स्वतन्त्रको पक्षमा जनलहर देखिएको छ । राजनीतिक दल प्रतिको वितृष्णा स्वरूप स्वतन्त्रको पक्षमा सर्वसाधारणको लहर देखा परेको हो ।

क्याप चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार भक्त भण्डारी सुनकोशी गाउपालिका वडा नम्वर ५ पुग्दा उनीहरूले दलहरूप्रतिको गुनासो स्वतन्त्र उम्मेदवार समक्ष गरेका हुन् ।

बुढा बाला तथा युवाको आवश्यकता अब को निर्वाचनमा दलका हैन स्वतन्त्रको प्रतिनिधित्व भन्ने नाराका साथमा चुनावी मैदानमा होमिनुभएका भण्डारीको पक्षमा प्रदेशका जनताले आशा राखेको बताएका छन् ।

दलका नेता आउँदा कुनै परिवर्तन भएन तर स्वतन्त्र आउँदा केही हुने आशा राखेको उनीहरूले बताउँदै आएका छन् ।

दलभन्दा माथि रहेर आफूले काम गर्ने स्वतन्त्र उम्मेदवार भक्त भण्डारीले बताउनुभयो । म सेवक हुन आएको हो । जनताको हरेक सुख दुःखमा म जहिले साथ हुने छु उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ कार्तिक २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस