२०८० असोज ११ गते बिहिवार | 2023 September 28th Thursday

तनहुँमा ६३ वर्षीय पुरुषद्वारा १० वर्षीया बालिका बलात्कृत

तनहुँ। बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका -८ गणपते निवासी ६३ रामजी बहादुर थापा क्षेत्री छन्।

प्रहरीका अनुसार बुधबार बिहान स्थानीय जंगलमा अमला टिप्न जाने भन्दै १० वर्षीया बालिकालाई ललाई फकाई जंगलमा लगेर जबर्जस्ती करणी गरेको उजूरीका आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले थापालाई बुधबार राति पक्राउ गरेको हो।

उनीमाथि नावालिका जबर्जस्ती करणी गरेको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रकाशित मिति : २०७९ कार्तिक १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस